नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कामलाई तीव्रता दिन १५ वटा विषयगत कार्य विभाजन

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कामलाई तीव्रता दिन १५ वटा विषयगत कार्य विभाजन
+
-
देशसञ्चार AI सारांश
  • नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले १५ वटा विषयगत समिति गठन गर्दै कार्यविभाजनलाई तीव्रता दिएको छ।
  • महासंघ अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा दुई आमन्त्रित सदस्य थपेर विशेषज्ञहरूलाई समेत समेटेर सल्लाहकार समिति बनाइयो।
  • विभिन्न समितिहरूमा ऋषिराज तिम्सिना, राजन श्रेष्ठ, रविन दाहाल र सुवास आचार्यलाई प्रमुख जिम्मेवारी दिइयो।

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले कार्य गतिविधिलाई तीव्रता दिने उद्देश्यसहित कार्यविभाजन गर्दै १५ वटा विषयगत समिति गठन गरेको छ।

महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार महासंघ अध्यक्ष राजेन्द्र राउतको अध्यक्षमा शुक्रबार सम्पन्न कार्यसमिति बैठकले कार्यसमितिमा दुई जना आमन्त्रित सदस्य थप गर्दै विभिन्न क्षेत्रका विज्ञहरूलाई समेटेर सल्लाहकार समिति पनि गठन गरेको छ।

उनका अनुसार महासंघको उद्योग तथा व्यापारसँग सम्बन्धित विभिन्न क्षेत्रलाई समेट्दै उद्योग वाणिज्य परिषदको सभापतिमा ऋषिराज तिम्सिना, वस्तुगत समन्वय समितिमा राजन श्रेष्ठ, रोजगारदाता परिषदमा रविन दाहाल तथा बैंक, वित्त, बिमा तथा पुँजीबजार समितिमा सुवास आचार्यलाई जिम्मेवारी दिएको छ।

त्यसैगरी कर तथा राजस्व समितिको सभापतिमा देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा भविषकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिमा कृति श्रेष्ठ उपाध्याय, व्यापार मेला समितिमा कृष्णप्रसाद रिजाल तथा घरेलु तथा साना उद्योग समितिमा जयप्रकाश शर्मालाई चयन गरिएको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए।

उनले आयात–निर्यात समितिको नेतृत्व निर्मल भट्टराई, सामाजिक विकास समितिको नेतृत्व नवीन चौधरी, स्थल यातायात तथा पारवहन समितिको नेतृत्व मेघराज सिग्देल, सूचना तथा सञ्चार प्रविधि समितिको नेतृत्व विजय सन्तोषी राई, स्थानीय निकाय समन्वय समितिको नेतृत्व अंशु बन्जारा तथा स्वास्थ्य तथा सीप विकास समितिको नेतृत्व तरुण संचेतीबाट हुने बताए।

त्यसैगरी, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा तथा झापा उद्योग संघका कृषि उपाध्यक्ष विनय गोयललाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको भण्डारीको भनाई छ।

महासंघका पूर्वकेन्द्रीय सदस्य अविनास बोहरा, पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का,पूर्व केन्द्रीय सदस्य तारानाथ घिमिरे, पूर्व उपाध्यक्ष कुमारमणि पोखरेल, पूर्वराजदूत तापस अधिकारी, पूर्वभन्सार प्रशासक श्याम दाहाल, चाटर्ड एकाउन्टेन्ट सुरज तिम्सिना तथा अधिवक्ता विकास थापालाई सम्बन्धित विधाको सल्लाहकारमा चयन गरिएको उनले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…