ब्रसेल्स- बेल्जियमस्थित नेपाली राजदूतावासको आयोजनामा ‘बेल्जियममा नेपाली प्राज्ञिक वर्ग: अवसर, चुनौती र आगामी बाटो’ विषयक प्यानल छलफल तथा खुला संवाद कार्यक्रम सम्पन्न भएको छ।
नेपाल हाउसमा आयोजित उक्त कार्यक्रममा बेल्जियमका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरूमा उच्च शिक्षा संस्थाहरूमा अध्ययन तथा अनुसन्धान गरिरहेका नेपाली विद्यार्थी र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो।
विद्यार्थीहरूकै राय र परामर्शमा तयार पारिएको यस कार्यक्रमको मुख्य उद्देश्य उनीहरूलाई आफ्नो शैक्षिक अनुभव साटासाट गर्ने, भोगेका समस्याहरूमाथि छलफल गर्ने र आगामी दिनमा सहकार्य तथा नेटवर्क विस्तार गर्ने मञ्च प्रदान गर्नु रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै बेनेलक्स देशहरूका लागि नेपाली राजदूत तथा युरोपेली युनियनका लागि नियोग प्रमुख सेवा लम्सालले स्वागत मन्तव्य राखेका थिए।
उनले यस पहलको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै सहभागी विद्यार्थीहरूको शैक्षिक यात्रा, उनीहरूले हासिल गरेका उपलब्धि, पाएका अवसर र सामना गरिरहेका चुनौतीहरूका बारेमा जानकारी लिएका थिए।
यस्तो प्रकृतिको यो दोस्रो संस्करणको कार्यक्रम हो, जसको पहिलो संस्करण सन् २०२५ मे ३० मा आयोजना गरिएको थियो।
भर्खरै
लोकप्रिय
