भारतबाट भन्सार नतिरी नेपाल भित्रिएका ७ लाख रुपैयाँ बढीका सामग्री बरामद

भारतबाट भन्सार नतिरी नेपाल भित्रिएका ७ लाख रुपैयाँ बढीका सामग्री बरामद
+
-

मोरङ- मोरङस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर तीन गण हेडक्वाटर कंकालिनीले भन्सार नतिरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका ७ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामग्रीहरू बरामद गरेको छ।

कंकालिनी तथा सशस्त्र प्रहरी बल मोरङका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार सोमबार भन्सार कागजात बिना नै भारतबाट छली गरी नेपाल भित्र्याइएका लत्ताकपडा, खाद्यान्न तथा मल्टिभिटामिन गरी कुल ७ लाख ८२ हजार ८० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको हो।

सीमावर्ती क्षेत्रमा विभिन्न सवारी साधनहरूमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणका सामानहरू फेला परेका हुन्। बरामद गरिएका सामग्रीहरूमा ४ लाख ५५ हजार रुपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा, २ लाख ७५ हजार ४ सय रुपैयाँ बराबरको मल्टिभिटामिन र ५१ हजार रुपैयाँभन्दा बढी मूल्यका किराना सरसामानहरू रहेका छन्।

सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बरामद गरिएका ती सम्पूर्ण सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि मोरङको विराटनगर भन्सार कार्यालयमा बुझाइसकिएको जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…