ज्ञानेद्रको प्रश्न- ट्राफिक नियम पालना नगर्ने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारवाही किन हुँदैन?

ज्ञानेद्रको प्रश्न- ट्राफिक नियम पालना नगर्ने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारवाही किन हुँदैन?
+
-

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानेन्द्र शाहीले ट्राफिक नियम पालना नगर्दा सर्वसाधारणलाई कारवाही भइरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङलाई कारवाही किन हुँदैन भनी प्रश्न गरेका छन्।

जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। ‘ट्राफिक नियम पालना नगर्दा सर्वसाधाणलाई कारवाही हुन्छ भने सिटबेल्ट नलगाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारवाही किन हुँदैन?’, उनले प्रश्न गरे।

साथै, आफूहरूले सडकमा पार्किङ गर्न नभनेको बताउँदै भ्रम फैल्याइएको प्रति आपत्ति जनाएका छन्। उनले यस विषयमा संसद्‌को रेकर्डमा हेरेर पुष्टी गर्न मागसमेत गरेका छन्।

‘हामीले कहिले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेका छौँ? कसैसँग दम र हिम्मत छ भने संसद्‍को रेकर्डमा हेरियोस्। हामीले कहिल्यै पनि जथाभावी सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेका छैनौँ। यस्ता भ्रमात्मक अल्गोरिदम त्याएर मान्छेको चरित्रहत्या गर्ने काम नगरियोस्,’उनले थपे,’हामीले त यतिमात्र भनेका हौँ। प्रहरीको रुखो, अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिक आत्माहत्या गर्न बाध्य नहोस्। कानुन सबका लागि बराबर हो।’

यो पनि: 

हिजो सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो भन्नेहरू आज जीवनभन्दा नियम ठूलो भन्दैछन्: ज्ञानेन्द्र शाही

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…