हर्मुज जलमार्गमा २०% शुल्क लगाउने निर्णयबाट ट्रम्प पछि हटे, इरानमाथि अमेरिकी नाकाबन्दी र आक्रमण जारी

हर्मुज जलमार्गमा २०% शुल्क लगाउने निर्णयबाट ट्रम्प पछि हटे, इरानमाथि अमेरिकी नाकाबन्दी र आक्रमण जारी
+
-
देशसञ्चार AI सारांश
  • ट्रम्पले समुद्री शुल्क हटाउने निर्णय गर्दै खाडी राष्ट्रहरूसँग विशाल व्यापार र लगानी सम्झौता गर्ने घोषणा गरेका छन्।
  • अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी ब्युँताउँदै इरानको सैन्य क्षमतालाई कमजोर बनाउन हवाई आक्रमण तीव्र पारेको छ।
  • हर्मुज जलडमरूमध्यमा तनाव बढ्दा वैश्विक तेल र ग्याँस ओसारपसार प्रभावित भई आर्थिक चिन्ता थपिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’बाट आवतजावत गर्ने सम्पूर्ण मालवाहक जहाजहरूमा २० प्रतिशत शुल्क लगाउने आफ्नो अघिल्लो धम्की फिर्ता लिएका छन्।

उक्त जलक्षेत्रमा इरानको नियन्त्रण तोड्न अमेरिकाले संघर्ष गरिरहेकै बेला यो निर्णय आएको हो। ट्रम्पले उक्त महसुलको सट्टा खाडी मुलुकहरूसँग “विशाल” व्यापार तथा लगानी सम्झौता गरिने बताएका छन्।

यो घोषणा भएको केही घण्टाभित्रै अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नौसैनिक नाकाबन्दी सुरु गरेको छ।

यसअघि अमेरिका र इरानबीच भएका ताजा सैन्य आक्रमणहरूका कारण हर्मुज जलमार्गबाट हुने ट्याङ्कर यातायात ठप्प जस्तै भएको छ, जसले गर्दा विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।

अमेरिकी सेन्ट्रल कमाण्डले व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्न इरानले प्रयोग गर्ने सैन्य क्षमतालाई कमजोर बनाउन थप हवाई आक्रमणहरू सुरु गरिएको जनाएको छ।

सेन्ट्रल कमाण्डले यो लगातार तेस्रो रातको आक्रमण भएको बताएको छ भने इरानी सरकारी सञ्चारमाध्यमहरूले बुशेहर आणविक ऊर्जा केन्द्र रहेको सहर लगायत मुलुकका विभिन्न सहरहरूमा विस्फोटका आवाजहरू सुनिएको उल्लेख गरेका छन्। इरानले पनि बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै २० प्रतिशत शुल्कको सट्टा खाडी राष्ट्रहरूले अमेरिकामार्फत गर्ने व्यापार र लगानी सम्झौताहरू प्रतिस्थापन गरिने उल्लेख गरेका छन्।

उनले उक्त लगानीहरू विशाल हुनुका साथै खाडी मुलुकहरूको भविष्यका लागि समेत निकै फलदायी हुने दाबी गरे पनि यसको विस्तृत विवरण भने खुलाएका छैनन्।

वासिङ्टनमा इराकी प्रधानमन्त्री अली अल-जैदीसँगको वार्तापछि ट्रम्पले भने, “मलाई शुल्क लगाउने अवधारणा मन पर्दैन, तर सिङ्गो विश्वका लागि हामीले मात्र यो जलक्षेत्रको रक्षा गरिरहनु न्यायसङ्गत हुँदैन।”

खाडी क्षेत्रका नेताहरूको पटक-पटकको फोन वार्तापछि आफूले यो निर्णय बदलेको उनको भनाइ छ।

ट्रम्पको यो घोषणाप्रति प्रतिक्रिया दिँदै इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायमै रहने स्पष्ट पारेको छ। इरानका उपपरराष्ट्र मन्त्री काजिम गरिवआबादीले अमेरिकाको नाकाबन्दी ब्युँताउने निर्णयले यसअघि दुई देशबीच भएको युद्धविराम सम्झौतालाई भत्काएको बताएका छन्।

अमेरिकाले इरानमाथि दबाब बढाउन गत अप्रिलमा पहिलोपटक नाकाबन्दी लगाएको थियो, जसलाई जुन महिनामा आपसी समझदारीअन्तर्गत फुकुवा गरिएको थियो। तर, हर्मुज जलक्षेत्रलाई लिएर दुई देशबीच पुनः विवाद चर्किएको छ।

यसैबीच, हर्मुज जलडमरू मध्यमा तनाव बढ्दा विश्वव्यापी आर्थिक चिन्ता थपिएको छ। विश्वको झण्डै २५ प्रतिशत तेल र २० प्रतिशत तरल प्राकृतिक ग्यास ओसारपसार हुने यो मार्ग हाल दुई महिनायताकै सुस्त अवस्थामा पुगेको छ।

यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानलाई चेतावनी दिँदै यदि इजरायलमाथि पहिले आक्रमण गरिएमा त्यसको बदला निकै शक्तिशाली रूपमा लिइने बताएका छन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…