रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास

रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास
सांकेतिक तस्बिर।
+
-

जनकपुरधाम- रौतहटमा एक युवकले आत्मदाहको प्रयास गरेको छ । मंगलबार राति गरुडा नगरपालिका- ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार घटनापछि स्थानीयको सहयोगमा युवकलाई गरुडास्थित एक अस्पतालमा लगेकोमा थप उपचारको लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको छ ।

प्रवक्ता गौतमले युवकका बुवालाई उदृत गर्दै आत्मदाहको प्रयास गरेका युवकलाई मानसिक तनाव रहेको जानकारी दिए ।

यता, वडा- का वडाध्यक्ष राजेश कुमार सहनीले युवकलाई विभिन्न स्थानबाट टर्चरसमेत आउने गरेको बताए ।

उनकाअनुसार झाझपुरमा रहेको एक होटेल सञ्चालक नलकटुवा पेस्तोलसहित पक्राउ परेकोमा पक्राउ परेका व्यक्तिको समुहका अन्य व्यक्तिले सहनीले प्रहरीलाई खबर गरेको भन्दै टर्चर दिने गरेको आफूले जानकारी पाएको बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…