बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष भट्ट

बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष भट्ट
+
-
देशसञ्चार AI सारांश
  • नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली लागू गरेर लगानीकर्ताले बजार घट्दा पनि प्रतिफल लिने व्यवस्था गर्नेछ ।
  • शेयर बजारमा एकतर्फी मनोविज्ञान तोड्न र लगानीकर्ताले आफ्नै अध्ययनमा आधारित निर्णय गर्न प्रोत्साहित गरिनेछ ।
  • अफवाह नियन्त्रण गर्न र वित्तीय अपराध नियन्त्रणमा सरकारी निकायसँग समन्वय बढाउने योजना पनि अघि सारिएको छ ।

काठमाडौँ- नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका छन् ।बुधबार अर्थ समितिको बैठकमा उनले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका हुन् ।

अध्यक्ष भट्टले नेपालमा शेयर बजार सधैं बढिरहनुपर्ने भन्ने मान्यता रहेको उल्लेख गर्दै उनले कुनैपनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पारे । बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको उनको गुनासो छ । उनले बोर्डको भुमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको बताए । उनकाअनुसार सर्ट सेलिङ प्रणाली लागू गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ । यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर विक्री गर्न सक्नेछन् भने मूल्य घटेपछि सोही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिने व्यवस्था हुनेछ ।

बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैं शेयर किनेर मूल्य बढेपछि विक्री गरी नाफा लिन सक्नेछन् । अध्यक्ष भट्टले यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरे । उनले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने बताए ।

उनले भने, ‘अब हामीले बजार जताततै जाओस् तर इन्भेस्टरहरुले रिटर्न लिने मेकानिजम बनाउँदैछौँ । त्यो भनेको के हो भने बजार तल गयो भने पनि रिटर्न आउँछ, बजार माथि गयो भने पनि रिटर्न आउँछ । अब छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ । जसमा कुनै इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्‍यो भने यो उपकरण प्रयोग गर्छ । उसले अहिले बजारमा शेयर बरो गरेर बेचिदिन्छ, अरुसँग उधारोमा लिएर ऋण लिएर भनेजस्तो बरोइङ गर्छ, शेयर अहिलेको बेचिदिन्छ र उसको एक्सपेक्टेसन हुन्छ कि बजार भविष्यमा घट्छ, म घटेको बेलामा यो शेयर किनेर फिर्ता गरिदिन्छु । अब उसलाई फाइदा हुन्छ, अहिले ५० रुपैयाँको शेयर बेचिदियो भनेपछि ३० रुपैयाँ भएको बेलामा किनेर फिर्ता गर्छु भन्न पायो । उसलाई २० रुपैयाँ फाइदा हुन्छ । कसैले बजार बढ्ने पो वाला छ भनेर उसले बजारमा अहिले ५० रुपैयाँमा शेयर किन्छ र ८० भएको बेलामा उसले बेचेर फाइदा कमाउँछ । दुइटै इन्भेस्टरहरु के हुन्छन् अब बाडिन्छन् । त्यसपछि यो लगानीकर्ता संघ भन्ने पनि हुँदैन । अहिलेसम्म एकै लाइनमा गइरहेको हुनाले बजार बढ्नै पर्ने बाध्यता भएको हो । सोही कारण पुँजीबजार लगानीकर्ता संघहरु भएर अनि हामीलाई घेराउ गर्छन् । बजार अहिले देखिएको यो समस्या हामी समाप्त गरिदिन्छौँ ।’

अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए । हाल सम्पती छानबिनलगायतका सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको उनको भनाई छ । सम्पती छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने पनि उनले जानकारी दिए ।

उनले नेपालको पुँजीबजार सुधारको लागी बोर्डले हालै ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजानिक गरिएको पनि जानकारी दिए । उनले आगामी आर्थिक वर्ष बोर्डले गर्ने कार्यको लागि आर्थिक वर्ष २०८३/०८४ को पुजीँबजार नीति पनि सार्वजानिक गरिएको बताए ।

– न्युज एजेन्सी नेपाल।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…