श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन
+
-

काठमाडौँ –प्रतिनिधिसभाको आजको बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं.८१) सर्वसम्मतबाट अनुमोदन भएको छ।

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव गरेका थिए।

त्यसअघि उक्त महासन्धिको उक्त बुँदामाथि भएको छलफलमा क्रान्तिशिखा धिताल, गुरुप्रसाद बराल, रमेशकुमार मल्ल, कृष्णहरि बुढाथोकी, कमल सुवेदी, पारसमणि गेलाल, प्रभा कार्की, प्रमिला कुलुजु, गणेशबहादुर विश्वकर्मा, मनिष खनाल, हरिमोहन भण्डारी र राजन गौतमले भाग लिएका थिए।

उनीहरुले स्वायत्त र सक्षम जनशक्तिको विकास गरेर प्रतिस्पर्धी र पारदर्शिता अपनाउन आग्रह गरे। साथै श्रेणीविहीन कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा सरकारले अस्थायी र करार कर्मचारीलाई हटाउन खोजेकामा चिन्ता व्यक्त गरे।

छलफलमा उठेका प्रश्नको जावफ दिँदै मन्त्री यादवले सो महासन्धिको नं ८१ को अनुमोदनले श्रम निरीक्षण प्रणाली र श्रमिकको अधिकार संरक्षणलाई सुदृढ बनाउने बताउनुभयो। “अनुमोदनपछि यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनेछ”, उनले भने।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…