- कर्णाली र सुदूरपश्चिम प्रदेशमा दरार देखिएपछि कोशी प्रदेशको गठबन्धन सरकार प्रणाली अस्थिर भएको छ।
- पार्टीको अन्यौल र कमजोर नेतृत्वका कारण कोशी प्रदेशको सरकारले संकटको सामना गरिरहेको पूर्वमुख्यमन्त्री केदार कार्कीले बताए।
- नेताहरूले सही समयमा निर्णय लिन नसक्दा सरकार छाड्नुपर्ने सम्भावना रहेको भन्दै कांग्रेसको बैठक बिहीबार तय भएको छ।
माेरङ – कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको गठबन्धन सरकारमा दरारदेखिएसँगै कोशी प्रदेश सरकारको गठबन्धनसमेत अन्यौलमा परेको छ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेशमा सरकारको निरन्तरतामा ब्रेक लाग्ने देखिएको हो। पछिल्लोसमय पार्टी नै अन्यौल अवस्थाबाट गुज्रिरहेको हुँदा यसले खासै प्रभाव नपार्ने बताएका प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले पार्टी नेतृत्व फितलो हुँदाको अवस्थाले अहिलेको परिस्थिति सृजना भएको बताए।
उनले भने, ‘एमालेको शीर्ष नेताले सभापतिलाई भेट नदिएको कुरा बाहिरिएको छ। अहिलेको विषम परिस्थितीमा कांग्रेसको हविगत कस्तो रहेछ। पार्टी कसरी अघि बढिरहेकोछ। प्रतिपक्षी दललाई त अन्य दलले भेटेर संवाद गर्नु खोज्नुपर्ने होइन र ?’
पार्टी नेतृत्वले सही ट्र्याक लिन नसक्दा अहिलेको अवस्था आएको उनको भनाई छ। त्यसैगरि, कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता तथा पार्टी सभापति उद्धव थापाले भने हालसम्म बाहिरिने कुरा आइ नसकेको बताए। यस विषयमा केन्द्रले केही जानकारी नदिएको हुँदा रातभरमा सरकार छाड्नसक्ने अवस्था हुन सक्ने उनको भनाई छ। यससंगै बिहीबार पार्टी कार्यालय विराटनगरमा कांग्रेसका नेताहरुको बैठक हुने बताइएको छ।
प्रदेशमा हाल नेकपा एमालेसंगको गठबन्धनमा सरकार रहेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारमा कांग्रेसबाट वन पर्यटन तथा वातावरणमा भीम पराजुली, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, भौतिक पूर्वाधारमा प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, र राज्यमन्त्री शोभा चेम्जोङ पालुङवा रहेकाछन्।
भर्खरै
लोकप्रिय
