गुल्मीमा घरेलु पेस्तोल फेला

गुल्मीमा घरेलु पेस्तोल फेला
+
-

दाङ- गुल्मीको रेसुङ्गा नगरपालिका-१० देउराली-सिमिचौर सडकखण्ड माथिको झाडीमा वेवारिसे अवस्थामा एक थान घरेलु पेस्तोल फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानमा शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले शंकास्पद वस्तुको सुरक्षित रूपमा जाँच गर्दा रातो फाइबरको झोलाभित्र पुरानो जस्तो देखिने एक थान घरेलु पेस्तोल फेला पारेको जनाएको छ ।

उक्त पेस्तोल स्थानीय व्यक्तिहरूको रोहवरमा कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएको र जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

पेस्तोल त्यहाँ कसले, कहिले र किन छोडेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…