रिखुवा खोलामा निर्धारित समयअगावै बन्यो पक्की पुल, दुई स्थानीय तहका नागरिकलाई सहज

रिखुवा खोलामा निर्धारित समयअगावै बन्यो पक्की पुल, दुई स्थानीय तहका नागरिकलाई सहज
+
-
देशसञ्चार AI सारांश
  • इलामको माई नगरपालिका–६ मा रिखुवा खोलामा पक्की पुल बनेसँगै यातायात सञ्चालनमा आइसकेको छ ।
  • पुल निर्माण सामयिक रूपमा सम्पन्न भएको र यसले स्थानीय तहका बासिन्दालाई प्रत्यक्ष लाभ दिएको छ ।
  • मौसममा खोलामा बाढी आउँदा आवतजावत ठप्प हुने समस्या सधैँका लागि अन्त्य भएको बताइएको छ ।

इलाम- इलामको माई नगरपालिकादेखि माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

माई नगरपालिका–६ मा पर्ने यस खोलामा पुल बनेसँगै यातायात सञ्चालनमा समेत आइसकेको छ ।

सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको ३० करोड ६४ लाख ८४ हजार रुपैयाँको लागतमा यो पुल निर्माण भएको हो ।

३३ करोड ९८ लाख २२ हजार ५८९ रुपैयाँमा ठेक्का खुलेकोमा निर्माण कम्पनी ‘शान्ति निर्माण सेवा’ले घटाघटमा सम्झौता गरी निर्धारित समयभन्दा अगावै काम सकेको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले बताए ।

२०७९ पुस ३० गते भएको सम्झौताअनुसार पुल निर्माण गर्ने अवधि २०८३ असार ३० गतेसम्म थियो । अन्य आयोजनाहरूमा पटक-पटक म्याद थप्दा पनि काम नसकिने गुनासो आउने गरेको अवस्थामा यस पुलको काम समयभन्दा पहिल्यै सकिनु सकारात्मक पक्ष भएको आयोजना प्रमुख मगरले उल्लेख गरे ।

पुल सेक्टरका इन्जिनियर हरि मण्डलका अनुसार यो पक्की पुल २०० मिटर लामो र ११ मिटर चौडा छ ।

पुल बनेपछि माङसेबुङका बासिन्दालाई झापाको विर्तामोड आउन-जान र अन्य क्षेत्रका नागरिकलाई धार्मिक स्थल लारुम्बा भ्रमण गर्न सहज भएको माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले बताए ।

यसअघि पुल नहुँदा वर्षायाममा खोलामा बाढी आउने र आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो । विशेषगरी बिरामी, गर्भवती महिला र विद्यार्थी मारमा पर्ने गरेका थिए ।

पुल सञ्चालनमा आएसँगै वर्षौंदेखिको यो समस्या सधैँका लागि अन्त्य भएको माई नगरपालिका–६ का स्थानीय बुधराज योङहाङले बताए । पुल निर्माणबाट दुवै स्थानीय तहका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…