व्यवसायी अग्रवाल र भट्टसँग जिल्ला अदालतले माग्यो करोडौँ धरौटी

व्यवसायी अग्रवाल र भट्टसँग जिल्ला अदालतले माग्यो करोडौँ धरौटी
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँ जिल्ला अदालतले तीनवटा मुद्दामा व्यवसायीहरूसँग रकम धरौटी माग गर्दै सुनुवाइ गरेको छ।
  • बीमा ऐनअन्तर्गत दीपक कुमार श्रेष्ठसहित ४२ जना प्रतिवादी बनाइएको मुद्दामा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ धरौटी माग गरिएको छ।
  • न्यायाधीश आचार्यको इजलासले धितोपत्रसम्बन्धी मुद्दामा अग्रवालसँग ५ करोड ८० लाख रुपैयाँ धरौटी माग गरेको छ।

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले विभिन्न तीनवटा मुद्दामा व्यवसायीक पृष्ठभूमि भएका प्रतिवादीहरूसँग करोडौँ रुपैयाँ धरौटी माग गरेको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले असार २४ गतेदेखि निरन्तर सुनुवाइ गर्दै ती मुद्दाहरूमा व्यवसायीहरूसँग धरौटी माग गरेको हो।

नेपाल बीमा प्राधिकरण कुपण्डोलको जाहेरीअनुसार बीमा ऐन २०७९ अन्तर्गतको कसूरमा दीपक कुमार श्रेष्ठसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।

उक्त मुद्दामा अदालतले प्रतिवादी सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

त्यस्तै, न्यायाधीश आचार्यकै इजलासमा सुनुवाइ भएको नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित मुद्दामा अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ। यो मुद्दामा उनीसहित २ जनालाई प्रतिवादी बनाइएको छ।

धितोपत्रसम्बन्धी ऐनकै अर्को कसूर नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडसँग सम्बन्धित मुद्दामा इजलासले अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र दीपक भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

यस मुद्दामा नेपाल धितोपत्र बोर्ड समिति सदस्य सुजल मल्लसहित ८१ जनालाई प्रतिवादी बनाइएको छ। ती सबै मुद्दामा गरी सुलभ अग्रवालसँग कुल ५ करोड ८० लाख र दीपक भट्टसँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…