- दुर्गा प्रसाईले आफ्नो आन्दोलनको कारण बैंकहरूले ब्याजदर १८-२४% बाट ५% मा झार्न बाध्य भएको दाबी गरेका छन्।
- देशको आर्थिक र राजनीतिक स्थिति बिग्रिँदै गइरहेको र आत्मदाहका घटनामा वृद्धि भइरहेको प्रसाईले चेतावनी दिएका छन्।
- भारतीय अवरोधले पूर्वको चिया उद्योग धराशायी भएको र फलामे रड तथा सिमेन्टको निर्यात रोकिएको प्रसाईले बताए।
काठमाडौँ – राष्ट्र र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो आन्दोलनका कारण बैंकहरु ब्याजदर घटाउन बाध्य भएको दाबी गरेका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा प्रसाईले आफूले चार वर्षअघि सुरु गरेको आन्दोलनका कारण १८ देखि २४%मा रहेको ब्याजदर हाल ५ प्रतिशतमा झरेको दाबी गरेका हुन्।
उनले आफ्नो अभियान लघुवित्त बैंक र सहकारीबाट पीडितहरूको पक्षमा भएको बताउँदै आफूले बैंकबाट लिएको करोडौं रुपैयाँको सावा ब्याज समयमै भुक्तान गरिरहेको बताए। असार मसान्तसम्म आफूले किस्ता र ब्याज गरेर १२ करोड रुपैयाँ बुझाएको सञ्चारकर्मीहरूलाई सुनाए।
प्रसाइले देशको अवस्था दिनप्रतिदिन बिग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरे। सुकुम्बासी, गरिब, असहाय र बैंक सहकारी पीडितहरूको स्थिति बालनको नेतृत्वमा सरकार बनेपछि झन् खराब हुँदै गएको दाबी गरे। उनले दशैंपछि देशमा थप राजनीतिक संकट गहिरिने सुनाए। प्रसाईले भने, “दशैंको छेको नेपालमा विदेशी सेना आउँछन् दलाई लामा पनि जन्मिन्छन् उनको सुरक्षा दिन नेपाली सेना अघि सर्छ।”
प्रसाईले जेन्जी आन्दोलनको नाउँमा सर्वोच्च अदालत र सिंहदरबार जलाएपछि भौतिक संरचनामा क्षति पुगेसँगै अहिलेको सरकारले प्रणाली नै ध्वस्त पारेको आरोप लगाए।
देशको खराब आर्थिक र राजनीतिक स्थितिका कारण दिनदिनै आत्मदाहको घटना बढ्दै गएको र त्यसले थप निरन्तरता पाउने उनको दाबी छ। उनले एकै दिन सिंहदरबार वरपर ५० जनाले आत्मदाह गर्न सक्ने चेतावनी दिए।
नेपाली उद्योगी व्यवसाय हरु पनि थप मर्का र धराशाही बन्दै गएको उनको गुनासो छ। पूर्व क्षेत्रमा सञ्चालित चिया उद्योग भारतीय अवरोधका कारण धराशायी भएको प्रसाईंले बताए असारको अन्तिम दिनदेखि नेपालबाट निर्यात हुँदै आएको फलामे रड र सिमेन्टको निर्यात भारतमा रोकिएको प्रसाईले उल्लेख गरे।
नागरिक बचाउ अभियानका संयोजक प्रसाईले राप्रपा पार्टी विसर्जन भएको दाबी गरे। धवलशमशेर राणाले पार्टी छोडेसँगै राप्रपा विसर्जन भइसकेको उनको भनाइ छ।
भर्खरै
लोकप्रिय
