सुरक्षित आवास निर्माणका लागि जस्तापाता सहयोग

+
-

हुम्ला – खार्पुनाथ गाउँपालिकामा लागू भएको सुरक्षित नागरिक आवास कार्यक्रमबाट सेवाग्राही लाभान्वित भएका छन्।

‘खार्पुनाथ र सुखी नागरिक’ भन्ने नारालाई सार्थक बनाउन गाउँपालिकाको विशेष पहलमा भित्रिएको यो कार्यक्रमबाट सेवाग्राही छनोट कार्यविधिअनुसार छानिएकालाई सुरक्षित आवासका लागि जस्तापाता प्रदान गरिएको हो।

माटोको छाना विस्थापित गर्ने लक्ष्यसहित खार्पुनाथ गाउँपालिककाका पाँच वटै वडामा लागू भएको सुरक्षित नागरिक आवास कार्यक्रमबाट चालु वर्षमा चार हजार ४९५ वटा जस्तापाता बितरण भएको वडा नम्बर ५ को वडाध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता भरतजंग शाहीले बताए।

चालु आर्थिक वर्षमा १७२ घरधुरीलाई अठारदेखि पच्चीस वटासम्म जस्तापाता निशुल्क बितरण गरिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए।

संघ सरकारको आर्थिक सहयोगमा यो कार्यक्रम गाउँपालिकामा सञ्चालन भएको र यसबाट सेवाग्राहीले सुरक्षित घरमा वस्न पाउने बाताबरण तयार भएकोे उनको भनाइ छ।

यस कार्यक्रमअन्तर्गत वडा नं. १ का ३२, ५ का ६९, २ मा १२, ३ मा २४ र ४ मा ३५ घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…