भारतसँग विद्युत आयात अनुमति नवीकरण हुन्छ, लोडसेडिङ हुने हल्ला सही होइनः मन्त्री बस्नेत

भारतसँग विद्युत आयात अनुमति नवीकरण हुन्छ, लोडसेडिङ हुने हल्ला सही होइनः मन्त्री बस्नेत
फाइल फोटो।
+
-

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले मिडियामा समाचारहरु आएअनुसारको समस्या नभएको दाबी गरेका हुन्।

उनले केही दिनदेखि भारतबाट विद्युत खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए। उनले विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे।

उनले बाहिर आएजस्तो भारतले विद्युत आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए। उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गरे।

उनले भारतीय प्रतिष्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नहुने भन्ने हल्ला वास्तविकता नभएको बताए। उनले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकताभन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताए।

उनले भने, ‘लोडसेडिङ हुँदैछ रे। भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैछन् भन्ने बाहिर समाचारहरु आइरहेको छ। त्यो सही होइन। नियमित प्रक्रियामा प्रत्येक वर्ष सरकारले नवीकरण गर्ने प्रक्रियामा हुन्छ। हामी त्यो प्रक्रियामा छौँ। त्यो भारत सरकारसँग नवीकरण हुन्छ। प्रक्रियागत रुपमा काम चलिरहेको छ। अहिले बाहिर मिडियामा जस्तो चर्चा र हैवा फैलाएको परिस्थिति छ। त्यो अवस्था होइन।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…