बाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

बाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल
+
-
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढिपहिरोका कारण देशभर पुर्याएको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गरेका छन् ।
मन्त्री खड्काले आज सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सचिवसँग ‘भर्चुअल बैठक’ गरी बाढीपहिरोले पु¥याएको क्षतिको अवस्था र अब गर्नुपर्ने कामका बारेमा जानकारी लिएका हुन्। बैठकमा मन्त्री खड्काले देशभर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अर्बौं रुपैयाँको क्षति पुगेको भन्दै यसलाई पुनःनिर्माणका लागि तीनवटै सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।
“हामीले अहिले स्वास्थ्य उपचार, खानेपानी, विद्युत्को उपलब्धता र फूल खेल्न लागेको खेतीलाई सिँचाइको अस्थायी व्यवस्था गर्नुपर्नेछ, यसका लागि स्थानीय तहसँग समन्वय गरेर सबै प्रदेश लाग्नुहोस्, केन्द्र सरकारबाट हुने सहयोग तपाईंहरुलाई हुन्छ,” उनले भने।
मन्त्री खड्काले छरिएर रहेको बजेटलाई एक ठाउँमा राखेर खर्च गर्नसमेत सबै प्रदेश सरकारलाई आग्रह गर्नुभयो। उनले दुई ठूला पार्टी मिलेर मजबुद सरकार बनेकाले जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्ने बताए। खर्च गर्न नसकेको बजेटलाई रकमान्तरण गरेर आयोजना सम्पन्न गर्न लाग्नुपर्ने उनको भनाइ थियो।
बैठकमा ऊर्जा सचिव सुरेश आचार्यले बाढीपहिरोका कारण नयाँ आयोजना सम्पन्न गर्न कठिनाइ भइरहेको भन्दै पुराना आयोजना पुनः निर्माण र सकिन लागेका आयोजनालाई सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए। उनले अर्थ मन्त्रालयले भर्खरै विपद् व्यवस्थापनका लागि रु पाँच अर्ब बजेट निकासा गरेको भन्दै उक्त बजेटले तत्कालै नगरी नहुने समस्यालाई समाधान गर्न सरकार लाग्ने बताए।
बैठकमा कोशी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एकराज कार्कीले यही असोज १० देखि १२ गतेसम्म आएको बाढीले कोशी प्रदेशको सिँचाइ र तटबन्धनमा रु ९७ करोड ६४ लाख क्षति पु¥याएको बताए। मधेस प्रदेशका मन्त्री शेषनारायण यादवले ठूला नदीमा आएको बाढीका कारण मधेस प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु ७४ करोड ९५ लाखको क्षति पुगेको बताए।
बागमती प्रदेशका मन्त्री श्याम खड्काले उक्त बाढीपहिरोबाट बागमती प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु एक अर्ब ९७ करोड क्षति पुगेको बताए। गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाले तीन दिनको वर्षाले आएको बाढीपहिरोले गण्डकी प्रदेशको सिँचाइ र तटबन्धनतर्फ रु २३ करोड ६८ लाखको क्षति पुगेको उल्लेख गरे।
लुम्बिनी प्रदेशका मन्त्री सीता शर्माले बाढीपहिरोले लुम्बिनी प्रदेशका १२ जिल्लामा रु ४४ करोड ६६ लाखको क्षति पुगेको बताए। यस्तै, कर्णाली प्रदेशका मन्त्री विजया बुढाले यस वर्ष कर्णालीभित्र बाढीपहिरोका कारण सिँचाइ र तटबन्धनको क्षेत्रमा रु ३३ करोड १३ लाख बराबरको क्षति पुगेको बताए। सुदूरपश्चिम प्रदेशका मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण रु ४७ करोडको क्षति पुगेको जानकारी दिए।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?