चितनवको सौन्दर्य थपेको ६ लेन सडक (तस्बिरहरू)

चितनवको सौन्दर्य थपेको ६ लेन सडक (तस्बिरहरू)
+
-

चितवन– पूर्व-पश्चिम राजमार्गसँग जोडिएको चितवनको भरतपुर महानगरपालिकामा निर्माण भएको ६ लेन सडकले अहिले चितवनको सौन्दर्य थपेको छ। ६ लेन सडक यसै चिटिक्क देखिएपछि चितवनको सौन्दर्यमा उचाइ थपिएको हो।

कतिपय यहाँको सडकलाई विकसित देशको सडक पूर्वाधारसँग पनि जोडेर हेर्नेगर्छन्। नारायणगढ पुलचोकदेखि टिकौली जङ्गल छेउको गोन्द्राङसम्म ६ किमि सडक अहिले ६ लेन बनेको छ।

२०७७ भदौमा सुरु भएको सडक विस्तारको काम ३ पटक सम्म म्याद थप गरि हाल सम्पन्न भएको हो।

यस सडक विस्तारको लागि १ अर्ब ७६ करोड रुपैयाँ लागत लागेको थियो। सडकको दायाँ–बायाँ ११ दशमलव ५ मिटरको एक्सप्रेस लेन रहेको छ। त्यसको बिचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरुवा लगाइसकिएको छ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन्। नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ। सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ।

हालै मात्र यस सडकमा स्मार्ट सडक बत्तिको पनि सुभारम्भ गरिएको थियो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…