गोल्डस्टारकी विदुशी राणा: ‘तीज महिलाहरूको पर्व मात्र नभई दिदीबहिनीबीचको एकताको दिन हो’

गोल्डस्टारकी विदुशी राणा: ‘तीज महिलाहरूको पर्व मात्र नभई दिदीबहिनीबीचको एकताको दिन हो’
+
-

काठमाडौं- नेपालमा जुत्ता उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएको गोल्डस्टार जुत्ताकी ब्रान्डिङ तथा मार्केटिङ डाइरेक्टर विदुशी राणा यस वर्षको तीज काठमाडौंबाहिर मनाउँदै छिन्। तीजलाई महिलाको पर्व मात्र नभई दिदीबहिनीको एकता र प्रेमको प्रतीक मान्ने राणाले आफ्ना तीजका अनुभवहरू देशसञ्चारकर्मी कपिल भण्डारीसँग यसरी बाँडेकी छन्:

तपाईंलाई बाल्यकालको तीजको पहिलो सम्झना कहिलेदेखि छ?

मेरो बाल्यकालको पहिलो तीजको सम्झना मेरी आमासँग जोडिएको छ। उहाँ रातो सारी, रातो चुरा, रातो धागो र रातो टीका लगाएर दिनभरि व्रत बस्नुहुन्थ्यो। उहाँको त्यो सुन्दर रूप देखेर म मोहित हुन्थें। बेलुकी उहाँले पूजा गर्नुहुन्थ्यो र दिनभरि केही नखाई बस्नुभएको देखेर मलाई अचम्म लाग्थ्यो। सानो हुँदा शिवजीजस्तो राम्रो श्रीमान् पाउनका लागि तीजमा व्रत बस्नुपर्छ भन्ने भनाइ सुनेकी थिएँ।

तपाईंलाई तीज किन विशेष लाग्छ?

सुरुदेखि नै यो व्रत श्रीमान्को दीर्घायु र राम्रो स्वास्थ्यका लागि हो भनेर सुनेकी छु। म जसलाई माया गर्छु, उहाँको लागि यस्तो व्रत बस्न पाउँदा मलाई खुसी लाग्छ। यदि एक दिन व्रत बसेर पूजा गर्दा उहाँको जीवन लामो र स्वस्थ रहन्छ भने म यो खुसीसाथ गर्न तयार छु।

तीजको महत्वपूर्ण पक्ष तपाईंलाई के जस्तो लाग्छ?

अहिले तीज महिलाहरूको पर्व मात्र नभई दिदीबहिनीबीचको स्नेह र एकताको दिन बनेको छ। एक दिनअघिदेखि नै सबै जना भेला भएर दर खाने, रमाइलो गर्ने, अनि अर्को दिन व्रत बसेर पशुपतिनाथ वा शिव मन्दिरमा पूजा गर्न जाने चलन छ। यसरी दिदीबहिनीहरू एक ठाउँमा भेला भएर सम्बन्ध मजबुत बनाउनु नै तीजको एक महत्वपूर्ण पक्ष हो।

यसपालीको तीज तपाईं कसरी मनाउँदै हुनुहुन्छ? यसमा केही फरक छ?

यस वर्षको तीज मेरो लागि फरक हुनेछ किनकि म काठमाडौंबाहिर हुनेछु। म बैंककमा एउटा बैठकका लागि जाँदैछु, त्यसैले घरमा पूजा गर्न सक्ने छैन। तर, मलाई लाग्छ कि आस्था मनमा राखेर बाहिरबाट जे सकिन्छ त्यति गर्नेछु। कार्यरत महिलाका लागि परम्परागत तरिकाले तीज मनाउनु गाह्रो हुन्छ। त्यसैले यो तीज मेरो लागि अलिक फरक हुनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…