अ
+
अ
अ
-
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूका अगाडि अझै धेरै चुनौतीहरू रहेको बताएका छन्।
बुधबार कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एकता गर्दै उनले दुई पार्टी मिलेपनि आफ्ना अगाडि धेरै चुनौतिहरू रहेको बताएका हुन्। ‘हाम्रासामु धेरै चुनौतीहरू रहेका छन्। हामी यति मात्रै पर्याप्त छैनौँ’, उनले भने।
ती चुनौतीहरुको सामना गर्नको लागि अहिले देशमा आफ्नो एजेण्डा लोकप्रिय भएकोसमेत लिङ्देनको दाबी छ।
उनले सबैलाई मिलाएर लैजानेसमेत बताए। ‘पार्टी अध्यक्षको हिसाबले सबैलाई मिलाएर लान्छु। तपाईंहरु कसैले पनि अन्यथा मनमा राख्नु पर्दैन सबैलाई मिलाएर लैजाने जिम्मेवारी मेरो हो’, उनले भने।
हिजो अलग भएको कुरा बिर्सन पनि उनले सबैलाई नेता कार्यकर्तालाई आग्रह गरे।
–तस्बिर: बर्षा शाह/देशसञ्चार
भर्खरै
लोकप्रिय
