अ
+
अ
अ
-
काठमाडौँ – चक्रपथ विस्तारअन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखाना खण्डको विस्तारको काम ५० प्रतिशत सकिएको छ।
चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलंकी–बसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो।
यसका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। त्यहीअनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको छ।
महाराजगन्जदेखि धोबीखोलासम्म विस्तार गर्ने योजना रहेको र पहिलो चरणमा उपलब्ध बजेटअनुसार सात सय मिटर कालोपत्रे गर्न लागिएको हो।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
