एमाले हुम्लाद्वारा सिमकोटमा मसाल जुलुस प्रदर्शन

एमाले हुम्लाद्वारा सिमकोटमा मसाल जुलुस प्रदर्शन
+
-

हुम्ला – नेकपा एमाले हुम्लाले सदरमुकाम सिमकोटमा सोमबार बेलुका मशाल जुलुश प्रदर्शन गरेको छ। शनिबार बिहान एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई सरकारले पक्राउ गरेपछि त्यसको बिरोध स्वरुप हुम्लामा एमालेले तेस्रो दिन मशाल जुलुश प्रदृशनी गरेर बिरोध जनाएको हो।

नेकपा एमाले हुम्लाको नेतृत्वमा उसका जनवर्गीय संगठनको सर्मथनमा सिमको बजारको लोकतन्त्र चोकदेखि मशाल जुलुश प्रदर्शनी गरेको एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताए।

जुलुशले जिल्ला प्रशासन पछाडीबाट काली चोक, बालमन्दिर चोक हुँदै काठेचुली चोकसम्म मशाल जुलुशका साथै सरकार बिरुद्ध चर्का नारा समेत लगाईएको थियो। सो जुलुशमा एमाले कर्णाली प्रदेशका सदस्य नवराज महाताराको पनि सहभागिता रहेको थियो। यसअघि शनिबार आईतबार एमाले हुम्लामा बिरोध प्रदृशनी गरेको थियो।

वर्तमान सरकार गठन भएको दोस्रो दिन मै एमाले ओली र पुर्वगृह मन्त्री रमेश लेखकलाई पक्राउ गरेको बिरोधमा प्रदर्शनी गर्दे आएको छ। बिरोध प्रदर्शनीमा वर्तमान सरकार बिरुद्ध नारा लगाईएको थियो भने माग पुरा नहुनजेलसम्म आन्दोलन जारी राखिने एमाले जनाएको छ। बिरोध कार्यक्रममा एमालेका जिल्ला र प्रदेश स्थरका नेताहरुको सहभागिता थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…