भिडियो हटाएपछि छुटेकी थिइन् जेनजी रेडफोर्सकी संयोजक तिमल्सिना

भिडियो हटाएपछि छुटेकी थिइन् जेनजी रेडफोर्सकी संयोजक तिमल्सिना
स्मृति तिमल्सिना / संयोजक जेनजी रेडफोर्स संयोजक
+
-
देशसञ्चार AI सारांश
  • प्रहरीले जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई भ्रामक भिडियो पोष्टको आरोपमा अनामनगरबाट पक्राउ गरी सोधपुछ गरेको थियो।
  • तिमल्सिना र उनका समर्थकहरूले उनलाई अपराधी सरह व्यवहार गरिएको र अभिव्यक्ति स्वतन्त्रता बन्द गर्ने प्रयास भएको आरोप लगाए।
  • प्रहरी प्रवक्ता भट्टराईले अभिव्यक्ति स्वतन्त्रताको विषयमा प्रहरी सचेत रहेको बताउँदै, तिमल्सिनाको पोष्टमा भ्रामक सूचना रहेको दाबी गरे।

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ परेर छुटेकी छिन्।

अन्तर्वाता गर्ने भन्दै बोलाएर उनलाई प्रहरीले मंगलबार बिहान १० बजे अनामनगरबाट पक्राउ गरेको थियो। पक्राउ गर्नुपर्ने कुनै कारणसमेत नखुलाई प्रहरीले अपराधीलाई जसरी आफूलाई पक्राउ गरिएको तिमल्सिनाले बताएकी छन्।

पक्राउ गरेपछि सोधपुछ छ भन्दै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पुर्‍याएर तीन घण्टा (१ बजेसम्म) सोधपुछ भएको थियो। त्यसपछि उनलाई कागज गरेर प्रहरीले छाडेको थियो।

उनी किन पक्राउ परे भन्नेमा प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले भ्रामक भिडियो पोष्ट भएको आधारमा पक्राउ गरिएको जानकारी दिए। ‘उहाँ (तिमल्सिना)को फेसबुकमा भ्रामक भिडियो पोष्ट भएको थियो। त्यही भिडियोकाबारेमा सोधपुछ गर्न बोलाएका थियौँ। सोधपुछ गरेर उहाँ जानुभएको छ’, उनले भने।

तिमल्सिनाले गरेको पोष्टमा नेपाल-चीन सिमा नाका बन्द गरिएको भनेर भ्रामक सूचना दिइएको भट्टराईले बताए।

तिमल्सिनाले भने आफूले भ्रामणक सूचना भन्दा पनि नेपाल-चीन सम्बन्धबारे राजनीतिक विचार राखेको बताइन्। उनले श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङलगायतले चीनको सिमा नाका बन्द भएको विषयमा आफूले विचार मात्र दिएको बताइन्।

तर प्रहरीले कुनै अपराधीलाई जसरी व्यवहार गरेर पक्राउ गरेको र सरकारको योजनामा अभिव्यक्ति स्वतन्त्रता बन्द गर्ने कोशिस गरिएको बताएकी छिन्। ‘नेपालमा बसेर फ्रि तिब्बतको नारा नलगाउँ। नाका भएको (नाकाबन्दी भएको) भनेर हर्कसम्पाङलगायत दुनियाले बोलेका थिए। सायद नाका हुनुको कारण यही (फ्रि तिब्बतको नारा) पनि होला भनेर मैले राजनीतिक विचार राखेकी थिएँ’, उनले भनिन्,  तर मलाई सरकारको योजनामा अन्य कुनै पक्राउ गर्ने कारण नपाएपछि यही निहुँ बनाएर पक्राउ गरियो। अभिव्यक्ति स्वतन्त्र बन्द गर्न खोजियो।’

प्रवक्त भट्टराईले प्रहरी अभिव्यक्ति स्वतन्त्रको सवालमा जिम्मेवार रहेको बताउँछन्। ‘अभिव्यक्ति स्वतन्त्रताको विषयमा प्रहरी सचेत छ’, उनले भने। तर तिमल्सिनाको पोष्टमा भ्रामक सूचना रहेको उनको दाबी छ।

प्रहरीले तिमल्सिनाको पोष्टसमेत डिलिट गरिदिएको छ। उक्त पोष्ट डिलिट गरेपछि मात्र उनी छुटेकी थिइन्। तिमल्सिना पक्राउको विरोधमा नेकपा नेता राजन दाहालले विरोध गरेका छन्।

आलोचकलाई पक्रन लागेको हो? भन्ने प्रश्न गर्दै उनले सरकारको विरोध गरेका हुन्। ‘कि मसँग कि मेरो बिरूद्धमा भन्ने दिशातिर सरकार।आलोचकलाई पक्रन लागेको हो र?’, उनले प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘संदर्भ जेनजी रेडफोर्स केन्द्रीय संयोजक कमरेड स्मृति तिमल्सिनाको गिरफ्तारी।जिम्मेवार बन्नुहोस् तर निरङ्कुश नबन्नुहोस्।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…