ओली–लेखकको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः बद्री पाण्डे

ओली–लेखकको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः बद्री पाण्डे
+
-

काठमाडौँ – नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको आरोप लगाएका छन्।

मंगलबार पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षको केन्द्रीय समिति बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस विषयमा पार्टीले गम्भीर राजनीतिक समीक्षा गर्ने बताएका हुन्।

राजनीतिक वृत्तका साथै कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत यसमाथि प्रश्न उठेको उल्लेख गर्दै उनले पछिल्ला घटनाक्रमबारे अनौपचारिक भेलामार्फत छलफल र परामर्श अघि बढाइने जानकारी दिए।

गत शनिबार जेन–जी आन्दोलन दबाएको आरोपमा प्रहरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखकलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको थियो।

उनले पार्टीभित्रको आन्तरिक एकता र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल गर्न कांग्रेस नेताहरूको अनौपचारिक भेला आयोजना गरिएको बताए। पाण्डेले यस्ता अनौपचारिक छलफलहरूले नागरिक तहमा विश्वास जगाउने र देश निर्माणको बाटोमा सबैलाई गोलबन्द गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…