एमाले संसदीय दलको नेताका लागि सुहाङ नेम्वाङले गरे दाबी

एमाले संसदीय दलको नेताका लागि सुहाङ नेम्वाङले गरे दाबी
+
-

काठमाडौँ– नेकपा एमालेको संसदीय दलको नेताका लागि सुहाङ नेम्वाङले दाबी गरेका छन्।

एमाले पार्टी कार्यालय च्यासलमा जारी एमाले संसदीय दलको बैठकमा नेम्वाङले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने दाबी गरेका हुन्।

पार्टीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेको छ। तर नेम्वाङले परिस्थिति बदलिएको भन्दै युवा सहभागिताका लागि पनि आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने दाबी गरेको ती नेताले जानकारी दिए।

पार्टीले सर्वसम्मतरुपमा बादललाई संसदीय दलको नेता बनाउन अघि सारेको भए पनि नेम्वाङले भने संसदीय दलका नेता चयनका लागि निर्वाचन गराउनसमेत माग गरेका छन्।

नेम्वाङ इलाम २ बाट निर्वाचित सांसद हुन्। बादल समानुपातिकतर्फबाट सांसद बनेका थिए।

एमाले संसदीय दलको बैठकको अध्यक्षतासमेत बादलले गरिरहेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…