‘क्रिटिक्स अवार्ड’मा फिल्म ‘शाम्बाला’को वर्चस्व

‘क्रिटिक्स अवार्ड’मा फिल्म ‘शाम्बाला’को वर्चस्व
+
-
देशसञ्चार AI सारांश
  • चलचित्र समीक्षक समाज, नेपालले २०८१ को ‘क्रिटिक्स अवार्ड’ मा १० विधामा पुरस्कृत चलचित्र र चलचित्रकर्मी घोषणा गर्यो।
  • चलचित्र ‘शाम्बाला’ ले उत्कृष्ट चलचित्र, निर्देशक, र अभिनेत्री पुरस्कार जित्दै प्रमुख अवार्डमा वर्चस्व जमाएको छ।
  • राजनीतिक घटनाक्रमका कारण यस वर्ष कार्यक्रम नगरी नतिजा मात्र सार्वजनिक भए, भव्य समारोह आगामी वर्ष हुने छ।

चलचित्र समीक्षक समाज, नेपालले वर्ष २०८१ को ‘क्रिटिक्स अवार्ड’ को नतिजा सार्वजनिक गरेको छ।

समाजले चैत १८ गते प्रेस विज्ञप्ति जारी गरी १० विधामा पुरस्कृत चलचित्र र चलचित्रकर्मीको नाम घोषणा गरेको हो। यस वर्षको अवार्डमा बहुचर्चित चलचित्र ‘शाम्बाला’ ले वर्चस्व जमाएको छ।

‘शाम्बाला’ ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (मीनबहादुर भाम) र उत्कृष्ट अभिनेत्री (थिन्ले ल्हामो) गरी तीन महत्त्वपूर्ण विधामा अवार्ड पाएको छ। यस्तै, चलचित्र ‘गाउँ आएको बाटो’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् भने किशोर आचार्यले उत्कृष्ट साउन्ड डिजाइनको अवार्ड पाएका छन्।

समाजका अध्यक्ष सामीप्यराज तिमल्सिनाका अनुसार, यस वर्ष औपचारिक समारोह आयोजना गर्ने लक्ष्य भए पनि देशको पछिल्लो राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन र निर्वाचनका कारण नतिजा मात्र सार्वजनिक गरिएको हो। २०८१ साल र २०८२ सालको अवार्ड आगामी वर्ष एकैसाथ भव्य समारोहबीच वितरण गरिने उनले बताए।

अवार्ड विजेता :

उत्कृष्ट फिल्म : शाम्बाला

उत्कृष्ट निर्देशक : मीनबहादुर भाम (शाम्बाला)

उत्कृष्ट अभिनेता : दयाहाङ राई (गाउँ आएको बाटो)

उत्कृष्ट अभिनेत्री : थिन्ले ल्हामो (शाम्बाला)

उत्कृष्ट पटकथा तथा लेखन : सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)

उत्कृष्ट छायाङ्कन : आलोक शुक्ला (आँखा)

उत्कृष्ट सम्पादन : जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)

उत्कृष्ट साउन्ड डिजाइन : किशोर आचार्य (गाउँ आएको बाटो)

स्पेशल मेन्सन (अभिनय) : सुपला सापकोटा (बोक्सीको घर)

स्पेसल मेन्सन (कला निर्देशन) : पूर्णबहादुरको सारङ्गी

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…