अनुशासन समितिले पूर्णबहादुर खड्कालाई गरायो सचेत

अनुशासन समितिले पूर्णबहादुर खड्कालाई गरायो सचेत
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई समान्तर गतिविधि गर्ने आरोपमा सचेत गराउँदै अनुशासन कारबाही चेतावनी दिएको छ।
  • अनुशासन समितिले खड्काको अनधिकृत वक्तव्यलाई ध्यानमा राख्दै खड्कासहित ५०७ जनाविरुद्ध उजुरीको छानविन अघि बढाउने निर्णय गरेको छ।
  • समितिले छानविनबाट प्रमाणित व्यक्तिहरूसँग सात दिनभित्र स्पष्टिकरण माग्दै चैत्र मसान्तसम्मको समय दिएको छ।

काठमाडौँ – कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सचेत गराएको छ।

विशेष महाधिवेशनलाई अस्वीकार गर्दै समानान्तर गतिविधि गरिरहेका खड्कालाई बुधबार बसेको अनुशासन समितिको बैठकले नभएको पदीय हैसियत छ भनेर विज्ञप्ति निकालेको भन्दै खड्कालाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएको हो। चुनावपछि कांग्रेसका दुई पक्ष समानान्तर गतिविधि गर्दै आएका छन्।

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले कार्यवाहक सभपातिको हैसियतमा चैत १४ गते विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्।

जसप्रति विशेष महाधिवेशनबाट चयन भएको अनुशासन समितिले ध्यानाकर्षण भएको भन्दै खड्कालाई सचेत गराएको हो।

‘विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ, अनुशासन समितिको बैठकमाले गरेको निर्णयमा अगाडि भनिएको छ, ‘अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ ।’

अनुशासन समितिले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावका क्रममा अनुशासन उल्लघंन भएको भन्दै पार्टीका ५०७ जना व्यक्तिविरुद्ध उजुरी परेको जनाएको छ। उजुरीलाई पाँच भागमा विभाजन गरेर अघि बढाउने निर्णय समितिले गरेको छ।

त्यस्तै समितिले छानविनबाट वर्गीकरण गरिएका उजुरीमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ (सात) दिनभित्र स्पष्टिकरण (सफाई) माग गर्ने निर्णय पनि गरेको छ। त्यस्त उजुरीका लागि चैत्र मसान्तसम्मको समय दिइने भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…