अ
+
अ
अ
-
काठमाडौँ- नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन्।
एमाले संसदीय दलको बुधबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा युवा सांसद सुहाङ नेम्वाङले पनि एमाले संसदीय दलको नेतामा इच्छा देखाएपछि निर्वाचन नगरी बादललाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको हो।
यद्यपि सुहाङले उम्मेदवारी दिनै नपाएपछि बादल एक्लैको उम्मेदवारी परेको थियो। एमालेले बादललाई औपचारिक रूपमा संसदीय दलको नेतामा निर्वाचित भएको घोषणा गरेको छ।
एमाले संसदीय दलमा सुहाङ उम्मेदवार बन्न चाहे पनि उनले प्रस्तावक र समर्थक नै नपाएपछि उनको उम्मेदवारी रोकिएको हो।

भर्खरै
लोकप्रिय
