अ
+
अ
अ
-
काठमाडौँ— उच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज हुने फैसला सुनाएकाे छ।
बस्नेतविरुद्ध जबर्जस्ती करणीको आरोप अनुसन्धान नै नभएको दाबी गर्दै एक जना महिलाले रिट दायर गरेकी थिइन्। सोही रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौँको निर्णय उच्च अदालतले सदर गरेको हो।
उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले यो फैसला गरेको हो।
ती महिलाले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्।
उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो।
सोही निर्णयविरुद्ध उनी उच्च अदालत गएकी थिइन्। उच्चले पनि जिल्लाकै फैसला सदर गरेको हो।
भर्खरै
लोकप्रिय
