हुम्ला – कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीको टोलीले खार्पु चुवा खोला पर्यटकीय सडकको स्थलगत अनुगमन गरेको छ।
प्रदेश सरकारको बिशेष योजनाका रुपमा रहेको सो सडक निर्माण अगाडि बढेको र त्यसको गुणस्तरीय निर्माण कार्यका लागि अनुगमन गर्ने कार्य गरिएको हो।
खार्पु चुवाखोला सडकको दोजामसम्मको सडकको अबस्थाका वारेमा प्रदेश योजना आयोगका सदस्य योगीको नेतृत्वमा अनुगमन कार्य भएको पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए। उक्त सडकको दोजासम्म कच्ची सडक निर्माण गरिएको थियो। कच्ची भएपनि सडकको अवस्था सन्तोसजनक रहेको बताउदै सदस्य योगीले बाँकी काम पनि समयमै गर्नुपर्ने सुझाव दिए।
त्यसैगरी ग्याग्रुमा स्थापना भएको प्रहरी चौकीको पनि प्रदेश योजना आयोगका सदस्य योगीको टोलीले अनुगमन गरेको थियो। त्यसैगरि दोजामका स्थानीयसंग पनि भेटघाट स सुझाव लिने कार्य टोलीले गरएको थियो। टोलीमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, उपप्रमुख दलु फडेरा, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीलगायत सहभागी थिए।
भर्खरै
लोकप्रिय
