काठमाडौँ- एमालेका महासचिव शंकर पोखरेलको राजीनामा माग्दै एमालेकै भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
लैनचौरस्थित अस्कल क्याम्पसबाट निस्किएका विद्यार्थीहरूले पोखरेलको राजीनामा मागसहित प्रदर्शन गरेका छन्।
उक्त प्रदर्शनका क्रममा सुहाङ नेम्वाङको पक्षमा नारा लागेको छ।
बुधबार एमाले संसदीय दलको बैठकमा रामबहादुर थापा बादल नेता चुनिएका थिए भने युवा आकांक्षी सुहाङ नेम्वाङ महासचिव शंकर पोखरेलको हस्तक्षेपका कारण पन्छाइएका थिए।
सामाजिक सञ्जालमा पोखरेलको राजीनामा अभियान चलाइरहेका युवा–विद्यार्थीहरूले बुधबार राति सडकमै प्रदर्शन गरेका हुन्।
उनीहरूले पार्टीभित्र युवाहरूलाई अवसर दिनुपर्ने, पार्टी कब्जा गर्न नपाइने, महासचिव पदबाट पोखरेलले राजीनामा दिनुपर्ने लगायत नारा लगाएका छन् ।
प्रदर्शनमा उत्रिएका युवाहरूले पार्टी केन्द्रीय कार्यालय अगाडि महासचिव पोखरेलको पुत्ला दहन पनि गरेका छन्।
भर्खरै
लोकप्रिय
