हुम्लामा राष्ट्रिय आर्थिक गणनाबारे अभिमुखीकरण

हुम्लामा राष्ट्रिय आर्थिक गणनाबारे अभिमुखीकरण
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय आर्थिक गणना आगामी बैशाख २ गतेदेखि असार ७ गतेसम्म आठवटा कार्यालयमा सम्पन्न हुने योजना छ।
  • गणनाका लागि १८ क्षेत्रमा जनगणना हुनेछ, प्रत्येक फर्मका १५ खण्डमा उत्तरदाताले जवाफ दिनुपर्नेछ।
  • चैत २१ देखि गणक र सुपरिबेक्षक छनौट तथा चैत २६ देखि उनीहरूको तालिम गराउने कार्यक्रम छ।

हुम्ला – जिल्लामा राष्ट्रिय आर्थिक गणनाबारे अभिमुखीकरण कार्यक्रम गरिएको छ। सात वर्षपछि दोस्रो आर्थिक गणना हुने भएपछि त्यस वारे सरोकारवाला पक्षको जानकारीका लागि सो आर्थिक गणना गरिएको हो।

आगामी बैशाख २ गतेबाट जिल्लाका सात वटै गाउँपालिकामा राष्ट्रिय आर्थिक गणना हुने उक्त अभिमुखीकरण कार्यक्रममा जिल्ला आथिृक गणना कार्यालयमा प्रमुख सुरेन्द्र बहादुर पन्तले बताए। २०७५ सालमा पहिलो आर्थिक गणना गरिएको थियो। देशका ७७ जिल्लाका ८४ स्थानमा कार्यालय स्थापना गरेर सो कार्य गर्न लागिएको हो।

१८ वटा क्षेत्रमा आर्थिक गणना गर्न लागिएको छ। एउटा फर्मको १५ वटा खण्डमा सक्वन्धित उत्तरदाताले आफ्ना जवाफ दिनु पर्नेछ। यसका लागि सिमकोट, खार्पुनाथ, चंखेली र अदानचुलीमा दुई जना गणकले काम गर्नु पर्नेछ भने ताँजाकोट, सर्केगार्ड र नाम्खा गाउापालिकामा एक उक जना गणकले काम गर्नु पर्नेछ। आगामी २०८३ सालको र्बैशाख २ गतेबाट असार ७ गतेसम्म आर्थिक गणना हुनेछ।

यसअघि जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरिएको थियो। जिल्लाका सवै आर्थिक गतिविधिहरुको विवरण सङ्कलन गर्नका लागि यो कार्यालय स्थापना गरिएको हो।

कार्यालयले चैत २१ देखि २४ गतेसम्म बिबरण संकलनका लागि गणक तथा सुपरिबेक्षक छनौट कार्य हुने छ। चैत २६ देखि ३० गतेसम्म गणक तथा सुपरिबेक्षकहरुका लागि तालिम सञ्चालन गरिनेछ। नयाँ वर्षको बैशाख २ गतेदेखि असार ७ गतेसम्म प्रत्येक आर्थिक कृयाक्लाप गर्ने प्रतिष्ठानहरुको गणना गरिने उनले बताए।

सो कार्यपछि भरिएका फारम रुजु र प्याकिङ गरेर बिभागमा पठाउने कार्य भएपछि यो कार्यालयको काम सम्पन्न हुनेछ। हुम्लामा दुई हजार प्रतिष्ठान रहेका छन्। सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, गुलमपति हरिबावु श्रेष्ठ, उद्यमी, व्यवसायी, सचारकर्मी, विदालयका प्रधानाध्यापक लगाएतको उपस्थिति थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…