काठमाडौँ – राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा निर्वाचनको मिति तोकेका हुन्। अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका लागि चैत २३ गतेको दिन तय गरेको जानकारी दिए।
उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशनसमेत दिएका छन्।
यस्तै, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते मंगलबारको मिति तोकिएको छ।
नियमावलीको नियम १५० बमोजिम रिक्त सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका छन्।
राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल चैत्र २२ गते आइतबार अपराह्न १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ।
भर्खरै
लोकप्रिय
