अनियमितता भए कार्यालय प्रमुख नै जिम्मेवार हुने मुख्य सचिवको निर्देशन

अनियमितता भए कार्यालय प्रमुख नै जिम्मेवार हुने मुख्य सचिवको निर्देशन
+
-

काठमाडौँ – सरकारले भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गर्न उच्च सतर्कता अपनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको छ।

मुख्य सचिव सुमनराज अर्यालले सबै मन्त्रालय, आयोग र कार्यालयहरूलाई परिपत्र गर्दै सुशासन कायम गर्न परिपत्र जारी गरेका हुन्।

अर्यालले सरकारी निकायमा हुने अनियमिततामा नेतृत्वलाई जवाफदेही बनाउने उल्लेख गरेको छ।

उनले सचिवहरुलाई जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ, ‘सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय वा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइनेछ।’

मुख्यसचिव अर्यालले सेवा प्रवाहमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिन निर्देशन दिएको छ। कर्मचारीहरूलाई तटस्थता, पारदर्शिता र नैतिक व्यवहार प्रदर्शन गर्न र अनुगमन कार्यालय प्रमुखलाई अनुगमन गर्न निर्देशन दिएको छ।

अर्यालले सरकारी कार्यालयमा हुने मोलमोलाइ र भ्रष्टाचारका घटनाको सूक्ष्म निगरानी राख्न र आकस्मिक (छड्के) जाँच गर्न निर्देशन दिएको छ। अर्यालले विकास निर्माण, राजस्व प्रशासन, ठेक्का पट्टा र खरिद प्रक्रियामा सार्वजनिक पद र अधिकारको दुरुपयोग रोक्न सबै निकायले आवश्यक पहलकदमी लिनु पर्नेमा फोकस गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…