पर्सा अदालतले लामिछानेलाई दियो वारेसमार्फत मुद्दा लड्ने अनुमति

पर्सा अदालतले लामिछानेलाई दियो वारेसमार्फत मुद्दा लड्ने अनुमति
+
-

वीरगञ्ज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्साको सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन्।

लामिछानेले बुधबार पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका थिए।

सोही क्रममा उनले वारेस पाउन पनि माग गरेका थिए।

बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले उनले माग गरेबमोजिम वारेस राख्न पाउने आदेश दिएको हो।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार उनले तारेख बुझेसँगै वारेसबाट मुद्दा लड्न पाउने भएका हुन्।

चितवन २ बाट निर्वाचित लामिछानेले अब यो मुद्दा लड्न पर्सा जानु नपर्ने भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…