दाङमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • लमही नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गमा बोलेरो पिकअप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
  • गम्भीर घाइते मोटरसाइकल चालकको लमही अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको चिकित्सकले पुष्टि गरे ।
  • उक्त दुर्घटनाको छानबिनका लागि प्रहरी टोली घटनास्थलमा खटिएको र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ- लमही नगरपालिका ७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा बिहीबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका-६ बस्ने वर्ष ५५ का समुन्दर चौधरी रहेका छन । जिल्ला प्रहरी कार्यालय दाङले जानकारी अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालकको दुबै खुट्टा, गुप्ताङ्ग, पेट तथा मुखमा गम्भीर चोट लागेको थियो ।

उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पठाइएकोमा चिकित्सकले राति ११:५५ बजे मृत घोषणा गरेका थिए । बोलेरो पिकअप जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ जिमुवाका २१ वर्षीय दुलराज पल्ली मगरले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि प्रहरी चौकी सतबरिया दाङबाट प्रहरी सहायक निरीक्षक रामसागर चौधरीको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय अमिलिया दाङबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…