उपसभामुखमा नेकपाको दाबी, रास्वपा भन्छ– छलफल भएको छैन

उपसभामुखमा नेकपाको दाबी, रास्वपा भन्छ– छलफल भएको छैन
+
-

काठमाडौँ – संसद्को चौथो ठूलो दल नेकपाले उपसभामुख पदमा आकांक्षा देखाएको छ। शुक्रबार सभामुख चयन प्रक्रिया अगाडि बढेसँगै नेकपाले उपसभामुख पद प्राप्त गर्न लालच देखाएको हो।

उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले ठूला नियुक्तिहरूमा आफ्नो उपस्थिति देखाउन र रास्वपासँग सुमधुर सम्बन्ध राख्न नेकपाले उपसभामुख पदमा दाबी गरेको हो।

शुक्रबार सभामुखमा डोलप्रसाद अर्यालको एकल उम्मेदवारी परेको छ। प्रतिनिधि सभामा सभामुख एउटा दलको भएपछि उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ। जसका कारण नेकपाले उपसभामुख पद आफूलाई दिनुपर्ने लविङ सुरु गरेको हो।

नेकपाका सचेतक युवराज दुलालले उपसभामुख पद आफ्नो पार्टीलाई दिनका लागि आग्रह गरिएको जानकारी दिए। तर, रास्वपाका सभापति रवि लामिछानेले भने उपसभामुख पदबारे अहिलेसम्म छलफल नै नभएको बताए।

सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले कुन दललाई उपसभामुख दिने भन्नेबारे सभामुख चयनको प्रक्रियाले पूर्णता पाएपछि मात्रै छलफल हुने जनाए।

रास्वपानिकट स्रोतका अनुसार उपसभामुख नेकपा वा राप्रपालाई दिने विषयमा छलफल भइरहेको छ। प्रतिनिधि सभामा दुई तिहाइ सन्निकट रहेको रास्वपाले सहज हुने दलसँग सहकार्य गर्ने नीति लिएको छ।

संवैधानिक व्यवस्थाअनुसार संसद्को पहिलो अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…