सभामुखका रुपमा अर्यालले संसदको गरिमा बढाउने वाग्लेको विश्वास

सभामुखका रुपमा अर्यालले संसदको गरिमा बढाउने वाग्लेको विश्वास
+
-
देशसञ्चार AI सारांश
  • अर्थमन्त्री वाग्लेले डीपी अर्यालको अनुभव र शालीनताले संसदको गरिमा बढाउने ठानी समर्थन व्यक्त गरेका छन्।
  • अर्यालको उम्मेदवारीले परिपक्व राजनीतिक अनुभव भित्र्याउने विश्वास गर्दै उनलाई ‘सह–योद्धा र मित्र’ भने।
  • वाग्लेले अर्याललाई तटस्थ सभामुख हुने विश्वास व्यक्त गर्दै इतिहासका सफल सभामुखहरूको मानक पछ्याउन सुझाव दिए।

काठमाडौँ – अर्थमन्त्री एवं रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उनको अनुभव र शालीनताले संसदको गरिमा बढ्ने विश्वास व्यक्त गरेका छन्।

अर्याललाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा धारणा राख्दै वाग्लेले ‘सह–योद्धा र मित्र’ को रूपमा चित्रण गर्दै उनको उम्मेदवारीले संसदमा एउटा परिपक्व राजनीतिक र व्यवस्थापकीय अनुभव भित्रिने बताए।

डा. वाग्लेले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अनुभव रहेको स्मरण गराए।

अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले उनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यमवर्गीय संघर्षबाट खारिएको उन्नत चेत रहेको उल्लेख गरे।

सभामुखको मुख्य गुण तटस्थता हुनुपर्नेमा जोड दिँदै डा. वाग्लेले अर्यालले कुनै दलीय आवद्धता नराखी जिम्मेवारी निभाउनेमा आफू विश्वस्त रहेको बताए। उनले इतिहासका सफल सभामुखहरूको स्मरण गर्दै अर्याललाई ती मानकहरू पछ्याउन सुझाव समेत दिए।

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदलाई जीवन्त बनाउन खेल्नुभएको भुमिका र सुवास नेम्वाङको कानूनी विज्ञता एवं समन्वयकारी क्षमताबाट पनि नयाँ सभामुखले सिक्नु सुझाव दिए।

डा. वाग्लेले रास्वपाले ‘जेन–जी’ आन्दोलनको मर्म बोकेर अगाडि बढेको उल्लेख गर्दै अर्यालले आधुनिक पुस्ताका अपेक्षा र आकांक्षाहरूलाई आफ्नै शैलीमा ढालेर मौलिकता दिने विश्वास व्यक्त गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…