अन्तिम समयमा किन रोकियो अर्थमन्त्री डा. वाग्लेको अमेरिका भ्रमण?

अन्तिम समयमा किन रोकियो अर्थमन्त्री डा. वाग्लेको अमेरिका भ्रमण?
+
-

काठमाडौँ-  अमेरिकाको वासिङ्टन डिसीस्थित अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को स्प्रिङ बैठकमा सहभागी हुन डा.  स्वर्णिम वाग्ले त्यसतर्फ जाने तयारी गरे पनि अन्तिम समयमा उनको भ्रमण रोकिएको छ। उक्त बैठकमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा सहभागी हुने भएका छन्।

सहसचिव शर्माले आफू उक्त बैठकमा जाने निश्चित भएको जानकारी देशसञ्चारसँग गराए। ‘अघिल्लो वर्ष पनि यस बैठकमा म नै सहभागी भएको थिएँ,’ शर्माले भने।

उक्त बैठकमा सहभागी हुन डा. वाग्लेले रुचि देखाएअनुसार उनको नाम सहमतिका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव गरिएको स्रोतले जानकारी दिएको छ। यद्यपि अन्तिम समयमा उनको नाम अस्वीकृत भएको थाहा भएको छ। मुख्यसचिव सुमन अर्यालले डा. वाग्लेको प्रस्ताव लगे पनि प्रधानमन्त्री बालेन्द्र शाहले अस्वीकृत गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार सरकार परिवर्तन भएपछि देशको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायलाई गराउन बैठकमा मन्त्रीस्तरीय सहभागिता आवश्यक भएको डा. वाग्लेको सोच भए पनि प्रधानमन्त्री शाहले प्रस्ताव अस्वीकृत गरेका थिए। उक्त बैठक अप्रिल १३ देखि १८ सम्म अमेरिकाले राजधानी वासिङ्टन डिसीमा बस्दै छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…