मुगु कर्णालीमा पानीको सतह घट्दै, हिमालमा हिउँ कम पर्न थालेपछि स्थानीय चिन्तित

मुगु कर्णालीमा पानीको सतह घट्दै, हिमालमा हिउँ कम पर्न थालेपछि स्थानीय चिन्तित
+
-
देशसञ्चार AI सारांश
  • मुगु कर्णाली नदीमा पानीको सतह घट्नुको कारण उच्च हिमाली क्षेत्रमा हिउँ कम पर्ने स्थानीयले बताएका छन्।
  • यस क्षेत्रका बासिन्दाहरूले हिउँ पर्न कमी भए तापनि गर्मी याममा पनि नदीमा पानी घटेको महसुस गरेका छन्।
  • जलवायु परिवर्तनका कारण पानीको सतह घट्दा कृषि, खानेपानी र जलविद्युत् क्षेत्रमा दिर्घकालीन असर पर्ने चिन्ता बढेको छ।

मुगु – पछिल्ला केही वर्षयता मुगु कर्णाली नदीमा पानीको सतह घट्दै गएको स्थानीयवासीले बताएका छन्। विगतमा हिमालमा बाक्लो हिउँ जम्ने र गर्मी याममा पग्लेर नदीमा पानीको बहाव बढ्ने अवस्था रहे पनि अहिले त्यो क्रम कमजोर बन्दै गएको देखिएको छ।

विशेषगरी नदीको उद्गमस्थल माथिका उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने मात्रा घट्दै जाँदा यसको प्रत्यक्ष असर नदीको बहावमा परेको स्थानीयहरूको भनाइ छ। छायाँनाथ रारा नगरपालिका–७ निवासी सौर्या शाहीका अनुसार पहिले जस्तो बाक्लो हिउँ नपर्दा गर्मी याममा पानीको मात्रा घटेको महसुस गर्न थालिएको छ।

“पहिला हिमाल सेताम्मे हुन्थ्यो, गर्मीमा हिउँ पग्लिएर नदीमा पानी निकै बढ्थ्यो,” शाहीले भने, “अहिले हिउँ नै कम पर्न थालेपछि नदीमा पानी पनि घट्दै गएको छ।”

यस्तै, छायाँनाथकै अर्का वृद्धा सिपा मल्लले पनि पछिल्ला वर्षहरूमा मौसममा ठूलो परिवर्तन आएको बताइन्। “पहिले जस्तो जाडोमा हिउँ पर्थ्यो, अहिले त्यस्तो देखिँदैन,” उनले भनिन्, “हिउँ कम परेपछि खोला–नदीमा पानी पनि पहिले जस्तो छैन।”

स्थानीयका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्ने प्रणालीमा परिवर्तन आउँदा मुगु कर्णालीजस्ता महत्वपूर्ण नदीहरूमा पानीको सतह घट्दै गएको हुनसक्ने अनुमान गरिएको छ। यसले कृषि, खानेपानी तथा जलविद्युत् क्षेत्रमा दीर्घकालीन असर पार्ने चिन्ता बढाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…