प्रतिशोधपूर्ण व्यवहार बन्द गर्न एमाले लुम्बिनी संसदीय दलको माग

प्रतिशोधपूर्ण व्यवहार बन्द गर्न एमाले लुम्बिनी संसदीय दलको माग
+
-

दाङ – नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दल बोर्डको दशौं बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेटले समेटेका आयोजनाहरू निर्धारित समयमै सम्पन्न गराउन संसदीय दलको तर्फबाट सक्रिय अगुवाइ गर्ने निर्णय गरेको छ।

बैठकले संघीय सरकारले संविधान र कानुनको बर्खिलाप कार्की आयोगको प्रतिवेदनका आधारमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्रीलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै घोर निन्दा र भ्रत्सना गरेको छ। प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीका अनुसार उनीहरूको बिना सर्त रिहाइको माग गरिएको छ।

त्यस्तै, हालका प्रधानमन्त्री बालेन्द्र शाहले काठमाण्डौं महानगरपालिकाको नगर प्रमुख हुँदा प्रदेश सभा सदस्य रेखा शर्माविरुद्ध लेखेको सामाजिक सञ्जालको स्टाटसको विषयलाई लिएर अदालत, सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयबाट सफाइ पाइसक्दा पनि प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरिएको भन्दै बैठकले आपत्ति जनाएको छ। संघीय सरकार राज्य आतंकतर्फ उन्मुख भएको आरोप लगाउँदै बैठकले प्रतिशोधपूर्ण व्यवहार तत्काल बन्द गर्न माग गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…