- सिमकोट गाउँपालिकाको बाह्रौ हिउदे गाउँसभाले कार्यालयद्धारा संशोधित तीस भौतिक पूर्वाधार योजनाहरु अनुमोदन गरेको छ।
- सभाले पोषणमैत्री, पशुस्वास्थ्य शिविर र लोकसेवा कक्षा सञ्चालन सम्बन्धी नयाँ कार्यविधिहरु पारित गरेको छ।
- लिप्स कार्यक्रमबाट बचत भएको बजेटबाट सात नयाँ योजना तर्जुमा गर्दै सभाले एक करोड चालीस लाख विनियोजन गरेको छ।
हुम्ला – सिमकोट गाउँपालिकाको बाह्रौ हिउदे गाउँसभाले कार्यालयद्धारा संशोधन गरिएको तीस वटा भौतिक पुर्वाधारका योजना अनुमदन गरेको छ। एघारौ गाउँसभाले पारित गरेका ती योजनाहरु आवश्यकताका आधारमा संशोधन गर्नु परेको कारण सभाले त्यसलाई पारित गर्दै अनुमोदन गरेको हो।
पहिले तय भएका र पछि आवश्यकताका आधारमा संशोधन भएका तीस वटा योजनाहरुलाई यसअघि कार्यालयले संशोधन गरेर कार्यान्वयनमा ल्याएका योजनाहरु पारिद गर्दै सभाले अनुमोदन गर्ने कार्य गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले बताए।
ती योजनामा भवन, खानेपानी, सिञ्चाई, सडक र अन्य चालुतर्फका कार्यक्रमहरु पनि रहेका छन्। यसरी संशोधित योजनाहरु सभाबाट अनुमोदन भएर पारित भएपछि ती योजनाहरुले बैधानिकता समेत पाएका छन्।
सभाले तीन वटा नयाँ कार्यबिधि पारित गरेको छ भने एउटा संशोधन गरेको छ। नयाँ तयार भई पारित भएका कार्यबिधिहरुमा पोषणमैत्री स्थानीय तह वडा घोषण कार्यबिधि २०८२, सिमकोट गाउँपालिका पशुस्वास्थ्य शिविर सञ्चालन कार्यबिधि २०८२ र लोकसेवा कक्षा सञ्चालन कार्यबिधि २०८२ रहेका छन भने एउटा जनप्रतिनिधि कर्मचारी उपचार कल्याण कोष सञ्चालन कार्यबिधि संशोधन भई पेश भएकोमा त्यो पनि पारित भएको छ।
यता सिमकोट गाउँपालिकामा लागु भएको लिप्स कार्यक्रमको टेण्डर आह्वान भई घटीघटाउमा बचेको बजेटबाट सात वटा योजना पनि तर्जुमा गर्दै असभाले पारित गरेको छ।
यी योजनजाका लागि एक करोड चालीस लाख बजेटको ब्यवस्था गरिएको छ। सभा अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको थियो भने गाउँपालिका उपाध्यक्ष शुशिला भाम रोकाया, वडा अध्यक्ष, कार्यपालिकाका सदस्य र सभाका सदस्यहरुको उपस्थिति थियो।
भर्खरै
लोकप्रिय
