- इजरायलले ट्रम्पको चेतावनीपछि इरानका महत्वपूर्ण स्थानहरुमा आक्रमण गरेपछि, इरानले ग्लोबल सप्लाई चेन अवरुद्ध गर्ने चेतावनी दियो।
- इरानले अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार गर्दै, स्ट्रेट अफ हर्मुजलगायत बाब-अल-मन्डेब समुद्री मार्गहरू जोखिममा पर्नसक्ने भनियो।
- इरानको एक पेट्रोकेमिकल केन्द्रमा इजरायलको आक्रमणपछि हाइफामा इरानी मिसाइलले ४ इजरायलीको मृत्यु भएको रिपोर्ट छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्किपछि इजरायलले इरानका महत्वपूर्ण स्थानहरुमा ब्यापक आक्रमण गरेको छ। जवाफमा इरानले विश्वव्यापी सप्लाइ चेनलाई अवरुद्ध गरिदिने चेेतावनी दिएको छ।
उसले भन्यो, ‘यदि अमेरिका र इजरायलले आक्रमणहरू तीव्र भए भने, इरानले ग्लोबल सप्लाई चेनलाई अवरुद्ध गरिदिने छ।’ अल जजिराको रिपोर्ट अनुसार, इरानले होर्मुज जलडमरु मात्र होइन, अन्य समुद्री मार्गहरूलाई पनि निशाना बनाउने संकेत दिएको हो।
इरानी सर्वोच्च नेताका सल्लाहकार अली अकबर वेलायतीले भनेका छन् कि कुनै पनि ठूलो कारबाहीको जवाफ केवल सैन्य स्तरमा सीमित हुने छैन, बरु विश्वव्यापी ऊर्जा र व्यापारमा असर पर्ने गरी दिइने छ। उनका अनुसार, स्ट्रेट अफ हर्मुज मात्र होइन, बाब-अल-मन्डेबजस्ता महत्वपूर्ण समुद्री मार्गहरू पनि जोखिममा पर्न सक्छन्।
इरानद्वारा अल्पकालीन युद्धविराम अस्विकार
इरानले युद्ध अन्त्यसम्बन्धी अमेरिकाको पछिल्लो प्रस्ताव अस्वीकार गरेको र केवल युद्धविराम होइन, स्थायी रूपमा युद्धको अन्त्य चाहेको जनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार इरानले युद्ध अन्त्यका लागि अमेरिकाले दिएको प्रस्तावमा आफ्नो प्रतिक्रिया पाकिस्तानमार्फत पठाएको छ। इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले जनाएअनुसार, इरानले युद्धविराम (सिजफायर) प्रस्ताव अस्वीकार गरेको छ र दीर्घकालीन रूपमा युद्ध समाप्त गर्नुपर्नेमा जोड दिएको छ।
एजेन्सीका अनुसार, इरानको जवाफ १० बुँदामा तयार गरिएको छ। यसमा क्षेत्रीय द्वन्द्व अन्त्य गर्ने, होर्मुज जलडमरुबाट सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रोटोकल बनाउने, प्रतिबन्ध हटाउने तथा पुनःनिर्माणका विषयहरू समावेश छन्।
इरानको महत्वपूर्ण पेट्रोकेमिकल केन्द्रमा आक्रमण
यसैबीच इजरायलले इरानको एक प्रमुख पेट्रोकेमिकल केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ, जसले इरानको कुल पेट्रोकेमिकल उत्पादनको करिब आधा हिस्सा उत्पादन गर्ने बताइएको छ। आसालुयेहस्थित उक्त केन्द्रमा भएको यो नयाँ आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरु मंगलबारसम्म नखोलेमा इरानको पूर्वाधारमा अझ ठूलो आक्रमण गर्ने चेतावनी दिएपछि भएको हो।
कडा र आक्रामक शैलीमा दिएको चेतावनीमा ट्रम्पले भनेका थिएकी इरानमा ‘पावर प्लान्ट डे’ र ‘ब्रिज डे’ एकैपटक हुने छ। यस्तो पहिले कहिल्यै उसले देखेको हुने छैन!
हाइफामा इरानी मिसायलबाट ४ इजरायली मारिए
सोमबार हाइफामा इरानी ब्यालेस्टिक मिसाइल खस्दा कम्तिमा ४ जनाको मृत्यु भएको छ। भग्नावशेषमुनिबाट चार जनाको शव निकालिएको छ। सोही क्षेत्रमा गरिएको नयाँ आक्रमणमा थप चार जना सामान्य घाइते भएका छन् र थप क्षति पनि पुगेको छ।
मृतकहरूमा एक वृद्ध दम्पती, उनीहरूका छोरा र छोराको साथी रहेको समाचारमा जनाइएको छ।
भर्खरै
लोकप्रिय
