बाढीको जोखिम बुझ्न गृहमन्त्री गुरुङ आज काभ्रेको रोशी क्षेत्र जाँदै

बाढीको जोखिम बुझ्न गृहमन्त्री गुरुङ आज काभ्रेको रोशी क्षेत्र जाँदै
सुधन गुरुङ। फाइल तस्बिर
+
-

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ आज काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्।

हरेक वर्ष वर्षायाममा आउने बाढीका कारण स्थानीय बासिन्दाले ठूलो सास्ती र क्षति बेहोर्नुपरेको गुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेका हुन्।

रोशी खोलामा आउने बाढीले बर्सेनि आसपासका बस्ती र खेतीयोग्य जमिनमा गम्भीर क्षति पुर्‍याउँदै आएको छ। वर्षातको समयमा हुने जनधनको क्षति र स्थानीयले भोग्नुपरेको समस्याबारे निरन्तर उजुरी र गुनासो आएपछि गृहमन्त्रीले टोलीसहित प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र उच्च जोखिममा रहेका बस्तीहरूको वस्तुस्थितिबारे विस्तृत जानकारी लिनेछन्।

स्थलगत निरीक्षणपछि गृहमन्त्रीले त्यहाँको पूर्वाधार संरक्षण र दीर्घकालीन सुरक्षाका उपायहरू अवलम्बन गर्न सम्बन्धित निकायहरूलाई आवश्यक तयारी तथा समन्वयका लागि निर्देशन दिने कार्यक्रम रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…