मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता चैत २५ देखि, तयारी पूरा

मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता चैत २५ देखि, तयारी पूरा
+
-
देशसञ्चार AI सारांश
  • दाङमा २५ देखि २८ चैतसम्म आयोजित मुख्यमन्त्री कप भलिबल प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
  • हरेक जिल्ला महिला र पुरुष टिमसहित सहभागी हुनुका साथै, खेल लिगकम नकआउट प्रणालीमा गरिनेछ।
  • विजेता टोलीले नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा, उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

दाङ- लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परिषद्का सदस्य सचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेल मैदान, व्यवस्थापन, आवास तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको जानकारी दिए ।

प्रतियोगितामा प्रत्येक जिल्लाबाट महिला र पुरुष टिम सहभागी हुनेछन् । प्रत्येक टिममा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचर्याले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिताका विजेताले नगद रु. १ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टिमले रु. ६५ हजार, तृतीयले रु. ३५ हजार र सान्त्वनाले रु. १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई रु. १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु. ५ हजार नगदसहित पुरस्कार प्रदान गरिनेछ ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिताले प्रदेशस्तरमा भलिबल खेलको विकास र खेलाडीको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

गत बर्ष पुरुष तर्फ गुल्मी र महिला तर्फ पाल्पा प्रथम भएका थिए । यसपाली पुरुष र महिलाको प्रतियोगिता एकैसाथ हुन थालेको हो । अघिल्लो बर्ष पुरुषको अर्घाखाँची सन्धिखर्कमा र महिलाको दाङको घोराहीमा भएको थियो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…