पछिल्लो ११ महिनामा ११ हजार पर्यटकले गरे रारा भ्रमण

पछिल्लो ११ महिनामा ११ हजार पर्यटकले गरे रारा भ्रमण
+
-

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा पर्यटक आगमन उत्साहजनक रूपमा बढेको देखिएको छ।

वैशाख १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा नेपाल, सार्क राष्ट्र र अन्य देशका गरी जम्मा ११ हजार १४६ जना पर्यटकले रारा भ्रमण गरेका छन्।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका मुख्य वरिष्ठ वन संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार साे अवधिमा नेपालका आन्तरिक पर्यटक १० हजार ९७१, सार्क राष्ट्रबाट ६९ र अन्य देशबाट १०६ जना पर्यटकले रारा भ्रमण गरेका थिए। उक्त अवधिमा पर्यटक प्रवेश शुल्कबाट मात्र २४ लाख १८ हजार ६३० रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरी दण्ड जरिवाना, रोयल्टी, वन पैदावार बिक्री तथा अन्य आय शीर्षकहरूबाट समेत उल्लेखनीय रकम संकलन भएको छ। सबै शीर्षक समेट्दा ११ महिनाको अवधिमा कुल ४९ लाख ७३ हजार ७५ रुपैयाँ राजस्व संकलन भएको निकुञ्ज कार्यालयले जनाएको छ।

श्रेष्ठका अनुसार संकलित कुल राजस्वमध्ये ३० देखि ५० प्रतिशतसम्म रकम अर्थ मन्त्रालयमार्फत विनियोजन भई आगामी वर्षमा सम्बन्धित निकुञ्जको मध्यवर्ती क्षेत्र विकासमा खर्च गर्ने व्यवस्था रहेको छ। यसले स्थानीय समुदायको विकास, पूर्वाधार निर्माण तथा संरक्षण कार्यमा महत्वपूर्ण टेवा पुग्ने पनि अधिकृत श्रेष्टले जानकारी दिए।

राराको मनमोहक प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा पछिल्लो समय सडक यातायातमा भएको सुधारका कारण पर्यटकको आकर्षण क्रमशः बढ्दै गएको हो। पर्याप्त सुविधा सम्पन्न होटल, स्थानीय परिकारको प्रवर्द्धन तथा सेवा सुविधाको थप विस्तार गर्न सके आगामी दिनमा पर्यटक संख्या अझै वृद्धि हुने विश्वास गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…