- CFMOTO ले नेपालमा प्रिमियम मोटरसाइकल प्रयोगकर्ताहरूलाई सुलभ र किफायती मूल्यमा जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराउने घोषणा गरेको छ।
- यस पहलले ग्राहकहरूलाई उच्च गुणस्तरका सामानहरूको लागि कुर्नुपर्ने वा चर्को मूल्य तिर्नुपर्ने समस्या अन्त्य गर्नेछ।
- उपत्यका बाहिरका प्रमुख सहरहरूमा पनि सेवा विस्तार गरी, कम्पनीले आफनो सेवा र ग्राहक सन्तुष्टि बढाउने लक्ष्य लिएको छ।
काठमाडौं- नेपालमा प्रिमियम मोटरसाइकल प्रयोगकर्ताहरूको अनुभवलाई थप सहज बनाउन CFMOTO ले आफ्ना जेनुइन स्पेयर पार्ट्सहरू देशभरका प्रमुख सहरहरूमा सुलभ र किफायती मूल्यमा उपलब्ध गराउने घोषणा गरेको छ।
ग्राहक सन्तुष्टि र बिक्री पछिको सेवा (After-Sales Service) लाई सुदृढ बनाउने उद्देश्यका साथ कम्पनीले यो पहल सुरु गरेको हो। यसले गर्दा अब CFMOTO प्रयोगकर्ताहरूले भरपर्दो र उच्च गुणस्तरका सामानहरूका लागि लामो समय कुर्नुपर्ने वा चर्को मूल्य तिर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।
कम्पनीले काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशभर आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ। उपत्यका बाहिर बिर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरा र नेपालगञ्ज जस्ता प्रमुख सहरहरूमा यी पार्टपुर्जाहरू उपलब्ध गराइएको छ।
त्यस्तै, काठमाडौं उपत्यका भित्र कालोपुलमा रहेको CFMOTO सर्भिस स्टेशन, बुद्धनगरमा रहेको काठमाडौं अटो क्लिनिक र सल्लाघारीमा रहेको राइडर्स ग्रुप मार्फत आधिकारिक सेवा र पार्टपुर्जाहरू प्राप्त गर्न सकिनेछ।
CFMOTO नेपालले आफ्ना प्राविधिकहरूको क्षमता अभिवृद्धिमा पनि विशेष जोड दिँदै आएको छ। प्राविधिक टोलीलाई CFMOTO Global द्वारा सञ्चालित विभिन्न तालिम कार्यक्रमहरूमा सहभागी गराई अन्तर्राष्ट्रिय स्तरको मर्मत सेवा प्रदान गर्न तयार पारिएको कम्पनीले जनाएको छ।
हालै CFMOTO 250 DUAL EFI को सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिले ग्राहकहरूलाई सुलभ, विश्वसनीय र छिटो सेवा प्रदान गर्नु नै आफूहरूको मुख्य रणनीतिक लक्ष्य रहेको बताएका छन्।
यस पहल मार्फत कम्पनीले पारदर्शी मूल्य निर्धारण र उत्कृष्ट स्वामित्व अनुभव (Ownership Experience) सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। CFMOTO को यस कदमले नेपाली बजारमा आफ्नो पकड अझ बलियो बनाउने र ग्राहकहरूको विश्वास जित्ने अपेक्षा गरिएको छ।
भर्खरै
लोकप्रिय
