विराट गोल्डकपको आवश्यक सम्पूर्ण तयारी पूरा

विराट गोल्डकपको आवश्यक सम्पूर्ण तयारी पूरा
+
-
देशसञ्चार AI सारांश
  • सम्राट स्पोर्टिङ फुटबल क्लबले पहिलोपटक स्थानीय क्लबका रुपमा विराट गोल्डकपमा सहभागीता जनाउन तयारी गरेको छ।
  • झापा ११, चर्च ब्वाईज युनाइटेड, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, र एपीएफ एफसी साथै भारतीय झारखण्ड विर्षा मुन्डा फुटबल एकेडेमी सहभागी हुनेछन्।
  • गोल्डकपका लागि १ करोड ५ लाख रुपैया खर्च हुनेछ र विजेताले ११ लाख रुपैया पुरस्कार प्राप्त गर्नेछ।

मोरङ – विराट गोल्डकपमा पहिलोपटक मोरङ जिल्ला विजेता सम्राट स्पोर्टिङ फुटबल क्लबले अन्य क्लबलाई चुनौती दिने भएको छ।
२०१८ सालदेखि तत्कालिन महेन्द्र गोल्डकपको नामबाट सुरु भएको गोल्डकपमा पहिलोपटक जिल्ला लिग विजेताले सहभागिता जनाउने बताउँदै गोल्डकप आयोजक विराट गोल्डकप ट्रष्टले आवश्यक तयारी पूरा भएको जनाएको छ।

विराटनगरको सहिद मैदानमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नोबेल मेडिकल कलेज विराट गोल्डकपलाई सहयोग पुराउन खेलप्रेमीमा आग्रह गरेको छ। पत्रकार सम्मेलनमा ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले गोल्डकपमा पहिलोपटक स्थानीय क्लबका रुपमा सम्राटलाई अवसर दिइएको जानकारी दिए।

यसअघि, गोल्डकपमा आयोजकले नै टोली बनाउँदै आएको उल्लेख गर्दै उनले भने, ‘यसपटक भने फुटबल खेल्दै आएको ब्यवसायिक क्लबलाई स्थान दिनु उत्तम हुने बुझेकाछौ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाईजदेखि भारतको अल झारखण्ड विर्षा मुन्डा फुटबल एकेडेमीसम्मको सहभागिता हुनेछ।’

चैत्र २८ गतेबाट आउँदो वर्ष बैशाख ५ गतेसम्म हुने गोल्डकपका लागि १ करोड ५ लाख रुपैया खर्च हुने अनुमान गरिएको अध्यक्ष शाहीले बताए। पत्रकार सम्मेलनमा गोल्डकप विजेताले ११ लाख, उपविजेताले ५ लाख रुपैया हात पार्ने बताउँदै अध्यक्ष शाहीले प्रत्येक खेलको उत्कृष्ठ खेलाडीसहित विभिन्न ४ विधामा पुरस्कार राखिएको जानकारी दिए। हालसम्म गोल्डकपका लागि आवश्यक तयारी पूरा भइसकेको बताउँदै उनले रङशाला क्षेत्रमा ब्यानर, होर्डिङ बोर्ड र गे निर्माण कार्य जारी रहेको प्रष्टाए।

गोल्डकपका लागि मैदानदेखि फ्लड लाइट्ससम्मको मर्मत गर्नुपर्ने बताएका ट्रष्टका महासचिव विनेश बस्नेतले फ्लड लाइट्स सञ्चालन गर्नका लागि प्रयोग हुने जेनेरेटर समेत विग्रिएको उल्लेख गरे। सो जेनेरेटर प्रदेश खेलकुद विकास बोर्ड मातहत रहेको छ।

महासचिव बस्नेतका अनुसार हाल फ्लड लाइट्स प्रयोग गरेवापत बोर्डलाई दैनिक ५ हजार रुपैया बुझाउनुपर्ने भएको छ। ट्रष्टका महासचिव बस्नेतले सरकारकै मातहतमा रहेको जेनेरेटर मर्मत गर्दै प्रयोग गर्नुपर्ने र मर्मतका लागि थप ७० हजार रुपैया खर्च हुने गुनासो गरे।

यस्ता छन्, टोली 

झापा ११– झापा एघार विराट गोल्डकपको २०७१ सालको विजेता टोली हो। उद्योगी राजेन्द्र राउतको संयोजकत्वमा आयोजित सो गोल्डकपमा उपाधि हात पारेको झापाले फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। त्यसैगरि, झापा ११ को टोली लगत्तै ०७२ सालमा आयोजित गोल्डकपमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसंग एक शुन्यले पराजित हुदैं उपविजेतामा सीमित भएको थियो।

चर्च ब्वाईज युनाइटेड – ०७९ सालमा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाईज यु्नाइटेड साविक उपविजेता टोली हो। तेस्रोपटक गोल्डकपमा सहभागिता जनाउन लागेको चर्च ब्वाईज अघिल्लो संस्करणमा थ्रीस्टार क्लबसंग २ शुन्यले पराजित हुदै उपविजेतामा सीमित भएको थियो।

त्रिभुवन आर्मी क्लब – विभागीय टोली त्रिभुवन आर्मी क्लब ०६८ साल यता आर्मीको टोली दुईपटक उपाधि नजिक पुगेको छ। ०७१ सालमा झापा ११ संग उपाधि भिडन्तमा पराजित आर्मी ०७४ सालमा पनि थ्री स्टार क्लबसंग ३ शुन्यले हार ब्यहोर्न बाध्य भएको थियो। सो वर्ष उद्योगी नविन रिजालको संयोजकत्वमा पहिलोपटक दिवारात्री खेलको सुरुवात भएको थियो। त्यसयता आर्मीले उपाधि दौडमा आफूलाई प्रस्तुत गर्न सकेको छैन। आर्मीको टोलीले यसअवधिमा उपाधि भने जित्न सकेको छैन।

नेपाल पुलिस क्लब – गएको १५ वर्षमा नेपाल पुलिस क्लबले एकपटक मात्र उपाधि चुम्न सफल भएको छ। यसअघि, महेन्द्र पुलिस क्लबको नाममा भने २०३४, २०५९, २०६० सालमा गरि तीन पटक उपाधि चुम्न सफल भएको छ। अधिकांशपटक सहभागिता जनाएको पुलिस क्लबले ०७२ सालमा झापा ११ लाई फाइनलमा १ शुन्यले पराजित गर्दै उपाधि चुमेको थियो। सो खेलमा भरत साहले पुलिस क्लबका लागि खेलको ८७ औं मिनेटमा निर्णायक गोल गरेका थिए। त्यसयता पुलिस क्लबको प्रदर्शनी गोल्डकपमा विर्सनलायक रहेको छ।

एपीएफ एफसी– सशस्त्र प्रहरी बलको टोली एपीएफ एफसीले गएको १५ वर्षयता एकपटक उपाधि चुमेको छ। प्रतिस्पर्धात्मक बनेको २०७७÷७८ सालमा आयोजित गोल्डकपको उपाधि हात पार्ने क्रममा एपीएफ एफसीले भारतको पञ्जाव पुलिस क्लबलाई १ शुन्यले हराएको थियो। जसमा प्रदीप लामाले खेलको १० औं मिनेटमा गरेको गोलनै अन्ततः निर्णायक बनेको थियो।

मच्छिन्द्र फुटबल क्लब – विराटनगरका लागि मच्छिन्द्र फुटबल क्लबपनि रोजाईको क्लब हो। तर यस क्लबले पनि ०६७ साल यता एकपटक मात्र उपाधि चुम्न सफल भएको छ। २०८० सालमा सम्पन्न गोल्डकपमा मच्छिन्द्रले सांग्रिला मोरङ एफसीलाई २ शुन्यले हराउँदै उपाधि चुमेको थियो। गोलरक्षक विशाल श्रेष्ठको कप्तानीमा रहेको मच्छिन्द्रको जितमा छिरिङ गुरुङ र युसुप थपलियाले गोल गरेका थिए।

अल झारखण्ड विर्षा मुन्डा एफए– गोल्डकपको पहिलो संस्करण महेन्द्र गोल्डकपका रुपमा २०१८ सालमा भएको थियो। सो संस्करणमा भारतको इलेभेन ज्वेल्सले उपाधि चुमेको थियो। त्यसयता पटकपटक भारतीय टोलीहरुको गोल्डकपमा सहभागिता रहदै आएको छ। सोही क्रमको निरन्तरतामा यसपटक झारखण्डस्थित अल झारखण्ड विर्षा मुन्डा फुटबल एकेडेमीले भने पहिलोपटक सहभागिता जनाउँदै छ। सो एकेडेमी सन् २००९ मा स्थापना भएको हो।

सम्राट स्पोर्टिङ क्लब– विराटनगर– २०५४ सालमा स्थापित सम्राट स्पोर्टिङ क्लबले विराट गोल्डकपमा पहिलोपटक सहभागिता जनाउँदै छ। आयोजक ट्रष्टले जिल्ला लिग विजेताका रुपमा क्लबलाई सहभागिता जनाउँनका लागि सहमति दिएपछि पहिलोपटक जिल्लाको स्थानीय क्लबले गोल्डकपमा सहभागिता जनाउन लागेको हो। सम्राट स्र्पोटिङ पछिल्लो आठपटकको जिल्ला लिग विजेता टोली हो। कोमल खवासको कप्तानीमा रहेको टोलीबाट स्थानीयहरुले स्तरीयप्रदर्शनसहित उपाधि हात पार्ने लक्ष्य राखेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…