हवाई इन्धनमा कर घटाउन र सहुलियत दिन माग

हवाई इन्धनमा कर घटाउन र सहुलियत दिन माग
+
-

हुम्ला –प्रतिनिधिसभा सदस्य जयपति रोकायाले दुर्गम क्षेत्रमा सञ्चालित एयरलाइन्सका लागि हवाई इन्धनमा लाग्ने कर घटाउन वा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाका शून्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्र हुम्ला जिल्लाका गम्भीर र समसामयिक समस्यातर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले हुम्लाजस्ता दुर्गम जिल्लामा सुलभ हवाई सेवाका लागि हवाई इन्धनमा कर घटाउनुपर्ने बाल सहुलियत दिनुपर्ने दुर्गम क्षेत्रमा आवश्यक उडानमा अनुदानको ब्यवस्था गरेर बृद्धि भएको हवाई भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे।

साथै, नेपाल वायुसेवा निगमको उडानलाई प्रतिदिन नियमित गर्न र सडक पुर्वाधारका बिशेष प्राथमिकतामा राखेर बिकास गर्न माग गरे।

हुम्ला जिल्लाबाट हवाई यात्रा गर्ने यात्रुहरु हाल १२ देखि १७ हजारसम्म भाडा तिर्न बाध्य रहेको उनले बताए। त्यसैगरि अत्याधिक महंगो हवाई भाडा तिर्नु पर्ने बाध्यताले सर्वसाधारण ढाड सेकिएको उनले बताए।

हवाई भाडा वृद्धि केवल यातायात क्षेत्रको समस्या नभएको र यसले आर्थिक सामाजिक र क्षेत्रीय असमानतासँग जोडिएको विषय भएकाले त्यसलाई तत्काल राहत र दीर्घकालीन समाधानका उपाय अपनाउन उनले सरकारसँग आग्रह गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…