- हुम्ला जिल्लामा लागुऔषधविरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गर्दै प्रहरी र स्थानीय जनप्रतिनिधिहरूले सन्देशमूलक प्रस्तुतीकरण गरेका छन्।
- ताँजाकोट गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गर्दै सडक सञ्जालसँगै लागुऔषधको ओसारपसारमा सावधानी अपनाउन आग्रह गरिएको छ।
- कार्यक्रम आयोजनामा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा विद्यार्थीको समेत सहभागिता रहेको र यसलाई जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको हो।
हुम्ला – हिमाली जिल्ला हुम्लाका गाउँपालिका स्तरमा प्रहरीले लागुऔषधविरुद्ध जनचेतना जोगाउने कार्यक्रम आयोजना गरेको छ। जिल्लामा हालसम्म फाट्टफुट्ट रुपमा यसको प्रयोग गर्ने सिमित ब्यक्ति देखिने गरेको र त्यसलाई पनि नियन्त्रणमा ल्याउन प्रहरीले उक्त काय विरुद्ध गाउँपालिका स्तरमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरेको हो।
लागुऔषध विरुद्ध सार्वजनिक स्थलहरुमा जनचेता जोगाउने कार्य गाउँपालिका स्तरमा भई रहेको र शनिबार दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका सो कार्यक्रम सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए। हुम्ला जिल्लामा लागु औषध प्रयोग गर्ने घटनाहरु केही सीमित मात्रामा देखा पर्ने गरेका छन्।
त्यसबाट पनि नियन्त्रणमा लिई यसको प्रयोग र ओसारपसार गर्नेलाई निरुत्साही बनाउनका लागि गाउँपालिका स्तरमा यो कार्यक्रम आयोजना गरिएको उनको भनाई छ।
यसका लागि प्रहरीले यो एक प्रकारको अपराध भएको र यसलाई प्रयोगमा ल्याए कानूनी कारवाही हुने जानकारी दिने गर्दै आएको छ। यसका बेफाईदा, आर्थिक क्षति, कुलतमा फस्ने, घरेलु हिंसा, परिवारमा द्धन्द्ध जस्ता नकरात्मक कार्य यसको सेवनले हुने कुराका लागि प्रहरी नायव उपरिक्षक खड्काले प्रस्तुती गरेका थिए। त्यसैगरी जनचेता जोगाउने कार्यक्रममा यो विरुद्धका सन्देशमुलक भिडियो पनि प्रस्तुति गर्ने गरिएको छ।
कार्यक्रममा ताँजाकोट गाउँपालिलकाका अध्यक्ष लालकेश जैसीले सडक सञ्जाल जोडिएसंगै यसका ओसारपसार हुन सक्ने बताउदै अब सिमानामा सचेत रहनुपर्ने बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, उक्त गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा, प्रमुख प्रशासीकय अधिकृत नरबहादुर रावत, वडा अध्यक्ष कार्यपालिकाका सदस्य, जनप्रतिनिधि, शिक्षक र कर्मचारीको उपस्थिति थियो।
कार्यक्रम जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालन गरिएको हो। यसअघि सर्केगार्ड गाउँपालिकामा आयोजना गरिएको थियो। सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो।
भर्खरै
लोकप्रिय
