जोखिमयुक्त भीरको बाटो हिँड्नै पर्ने बाध्यता, स्थानीय र विद्यार्थी त्रासमा

जोखिमयुक्त भीरको बाटो हिँड्नै पर्ने बाध्यता, स्थानीय र विद्यार्थी त्रासमा
+
-
देशसञ्चार AI सारांश
  • गमगढी बजार नजिकको गोरेटो बाटो असुरक्षित रहेकाले यसले स्थानीयवासीलाई दैनिक जोखिममा परिरहेको छ।
  • स्थानीयहरूले बाटोको स्तरोन्नति र मर्मतका लागि सम्बन्धित निकायसँग तत्काल पहल गर्न आग्रह गरेका छन्।
  • विद्यार्थी र स्थानीयवासीले दाउरा, घाँस बोकेर बजार जाँदा सँधै जोखिमको सामना गर्नुपरेको बताउँछन्।

मुगु – जिल्लाको सदरमुकाम गमगढी बजार नजिकैबाट छायाँनाथ रारा नगरपालिका वडा नं. ३ का हेर्निकाँद, निगाले र फुली गाउँ जोड्ने गोरेटो बाटो अत्यन्त जोखिमपूर्ण रहेको छ। सुरक्षित वैकल्पिक बाटो नहुँदा स्थानीयवासी तथा विद्यार्थीहरू यही भिर र साँघुरो बाटो प्रयोग गर्न बाध्य भएका छन्।

एकातिर गहिरो भिर र अर्कोतिर साँघुरो गोरेटो भएकाले सानो चिप्लो वा लापरबाहीले समेत ज्यानै जाने खतरा रहेको स्थानीय बताउँछन्। दैनिक उपभोगका सामग्री, तरकारी, दाउरा तथा घाँस बोकेर हिँड्नुपर्ने अवस्थाले जोखिम अझ बढाएको छ।

हेर्निकाँद गाउँका अगुवा तथा शिक्षक रंगबहादुर कार्कीले यो बाटो स्थानीयको जीवनसँग प्रत्यक्ष जोडिएको भए पनि अत्यन्त असुरक्षित रहेको बताए। “यो बाटो हाम्रो दैनिक जीवनको आधार हो, तर हरेक पाइला जोखिमले भरिएको छ। सानो त्रुटिले पनि ठूलो दुर्घटना हुन सक्छ,” उनले भने ।”

स्थानीयवासी डबल रोकायाका अनुसार भारी बोकेर हिँड्दा झन् डर लाग्ने गरेको छ। “दाउरा, घाँस र तरकारी बोकेर बजार लैजानुपर्छ, तर बाटोको अवस्था यस्तो छ कि सधैं डरमै हिँड्नुपर्छ ।”

छायाँनाथरारा वडा नं. ३ चैन गाउँ की सुर्यदेवी शाही र ईसरा मल्लले दाउरा, घाँस तथा मेलापात जाँदा निकै डर हुने बताउँनु हुन्छ“। एक्लै हिँड्न डर लाग्छ, भारी बोकेर जानुपर्दा त झन् जोखिम हुन्छ ।”

सदरमुकाम नजिकै रहेको यो बाटोबाट स्थानीय बासिन्दा मात्र नभई विद्यालय जाने विद्यार्थीहरू पनि दैनिक आवतजावत गर्ने गरेका छन्। तर सुरक्षित संरचना नहुँदा सबैलाई डर र त्रासबीच यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

वर्षौँदेखि मर्मत र स्तरोन्नति नहुँदा समस्या जस्ताको तस्तै रहेको भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल बाटो सुधार तथा विस्तार गर्न माग गरेका छन्। समयमै ध्यान नदिइए कुनै पनि बेला ठूलो मानवीय क्षति हुन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। यस अघि पटक ,पटक उक्त बाटाेमा मानबिय क्षति समेत भैसकेकाे छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…